पालिका स्तरीय दुई दिने पोषण कार्यक्रमको समीक्षा तथा कार्य योजना तयारी बैठक सम्पन्न

पालिका स्तरीय दुई दिने पोषण कार्यक्रमको समीक्षा तथा कार्य योजना तयारी बैठक सम्पन्न

मंसिर १४ सल्यान

छत्रेश्वरी गाँउपालिका स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी  बैठक भाेटेचाैरमा सम्पन्न भएकाे छ।
गाउपालिका भरीका हजार दिनका बालबालिकाकाे पाेषण सुधारकाे अवस्थालाई विश्लेषण गरी कार्ययाेजना तयार गर्न दुई दिने   समिक्षा बैठक सम्पन्न  भएकाे हाे।
गाउँ पालिका अध्यक्ष ओजबहादुर बुढाथाेकी  , उपाध्यक्ष बुद्धा कुमारी खत्रीकाे बिशेष उपस्थितिमा समिक्षा तथा कार्ययाेजना बैठक सम्पन्न भएकाे हाे।
प्रमुख प्रशासकीय अधिकृत पालिका भित्रका स्वास्थ्य संस्था प्रमुखहरुको सहभागितामा समिक्षा तथा कार्ययाेजना  बैठकमा  बाल पोषण कार्यक्रम लाई प्रभावकारी रुपमा संचालन गर्न प्रतिबद्दता गरिएकाे बताईएकाे छ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता