हुम्लामा रक्तस्रावबाट थला परेकी ४० वर्षीया महिलाकाे  हेलिकोप्टरद्वारा उद्धार

हुम्लामा रक्तस्रावबाट थला परेकी ४० वर्षीया महिलाकाे हेलिकोप्टरद्वारा उद्धार

हुम्ला भदाै २०

लगातार रक्तश्राब नरोकिए पछि जिल्ला अस्पतालको सिफारिसमा महतारको निजि खर्चमा डाइनोस्टिक हेलिकोप्टरमार्फत उनकोे उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ ।

विज्ञापन

तीन दिनदेखि रक्तस्रावले घरमै थला परेकी ए सर्के गाड २ रिपकी फागुनी महतारको हेलिकोप्टरद्वारा उद्धार गरिएकाे हाे

४० वर्षिय फागुनी महताराको अचानक भएको रक्तश्राव नरोकिदा ज्यानमै खतरा भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल सिमकोट ल्याइएको बिरामीकी छोरी गोरी महताराले बताइन ।

जिल्लाको मध्यभेग सर्केगाड २ रिपमा भएको स्वास्थ्य संस्थामा रत्तश्राव रोक्ने कुनै उपाय नभएपछि हेलिकोप्टर चार्टर गरेर महतरा लाई सिमकोट ल्याउनु परेकाे महताराकी छोरीले बताइन ।

सिमकोटमा ल्याएपछि अवस्था खतारा मुक्त रहेको अस्पतालका चिकित्सकले जानकारी दिए ।‘
रक्तश्राव केहि गर्दा नि नरोकिएपछि एक लाख रकम तिरेर हेलिकोप्टर चार्टर गरेर उपचार गर्न हुम्ला सदरमुकाम सिमिकाेट पुर्याएकाे र अहिले उनकाे स्वास्थ्य अवस्था खतारा मुक्त रहेका गोरी महताराले बताइन् ।

गाउमा रहेको स्वास्थ्य संस्थाहरुमा भरप्रर्दो औषधि नभएपछि सामान्य विरामीहरुलाई पनि हेलिकाेप्टर चाट गरि जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पराउनु पर्ने हुम्लाको बाध्यता छ ।

रिप गाउँको स्वास्थ्य चौकीमा उपचार संभव नभए पछी थप उपचारका लागि बिरामी महतारालाई आइतबार अपरान्ह २ वजे हवाई उद्धार गरेर जिल्ला अस्पताल सिमिकोट ल्याइएको जिल्ला अस्पताल हुम्लाका ल्याव टेक्निसियन भक्ति फडेराले जानकारी दिए । अहिले फागुनीकाे स्वास्थ्य अबस्था खतरा मुक्त रहेकाे अस्पताल प्रशासनले बताएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता