जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

माघ ९ जाजरकोट

जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन।

विज्ञापन

कार्यालयका प्रमुख टिकाराम जैसी सहित १५ जना स्वास्थ्य कर्मीहरुमा कोभिड संक्रमित भएका छन।

सक्रमित हुने स्वास्थकर्मीहरुमा जिल्लाका नलगाड , बारेकोट र जुनिचाँदे गाउपालिकाका स्वस्थ्य कर्मीहरुको संख्या बढीरहेको छ ।

कार्यलय प्रमुख सहित संक्रमित सबै कर्मचारीहरु होम आइसोलेशनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए।

सक्रमित स्वास्थकर्मीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ। उता राजनीतिक दलहरुले पार्टीका कार्यक्रकलाइ निरन्तरता दिएको कोभिडबाट् जोगिनका लागि कुनै पनि सावधानी नगरेको र स्थानीय तहले कुनै पनि तयारी नथालेको ले सक्रमित हुने संख्या बढ्ने देखिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता