कोरोना संक्रमित १६ जनाको मृत्यु, १० हजार बढीमा संक्रमण

कोरोना संक्रमित १६ जनाको मृत्यु, १० हजार बढीमा संक्रमण

माघ ८ काठमाडौं

कोरोना संक्रमित बाट आज १६ जनाको मृत्यु, भएको छ भने १० हजार बढीमा संक्रमित भएका छन।

विज्ञापन

पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका हुन।

परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

मुलुकका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता