सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

माघ ७ सल्यान

सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाएका छन।

विज्ञापन

कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर ३ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिएका छन।

जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयमा रहेको खोप केन्द्रमा एकैदिन ३ सय ३४ जनाले बुस्टर डोज लगाएका हुन् ।

यसअघि कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाएका बुस्टर खोप लगाएका हुन।

कोभिशिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पछि बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले आग्रह गरेको छ ।

जिल्लामा कोभिशिल्ड मात्रै प्राप्त भएकाले सोही खोपको बुस्टर डोज लगाउन थालिएको अस्पताल प्रशासनले बताएको छ।

बुस्टर डोज शुक्रवारपनि दिइने भएको छ । स्वास्थ्य सेवा कार्यालयले कोरोना भाइरस बिरुद्धको खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन आग्रह गरेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता