मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

माघ ७ मुगु

मुगुका ३ पालिका जिल्लाको स्वास्थ्य सेवा बाट प्रभावित भएका छन।

विज्ञापन

मुगु जिल्लाका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा अस्पताल नहुँदा स्थानीयवासी स्वास्थ्य सेवाबाट प्रभावित भएका छन।

जिल्ला सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र १५ शैयाका जिल्ला अस्पताल रहेको छ। 

तिनवटा पालिकामा १०/१० शैयाको अस्पताल बनाउन संघीय सरकारले अस्पताल भवन शिलान्यास भवन निर्माण कार्यमा ढिलासुस्त हुदा भवन निर्माण कार्य अलपत्र परेको छ।

सोरु गाउँपालिकामा २ वर्षअघि तारापानीमा १० शैयाको अस्पताल भवनका लागि शिलान्यास गरिएको थियो ।

ठेकेदार कम्पनीको लापरबाहीले भवनको जगसमेत उठ्न सकेको छैन ।

सोरुका झन्डै १८ हजार जनसंख्या र ११ वडालाई लक्षित गरी अस्पताल निर्माणको काम अघि बढाइएको थियो । अस्पताल निर्माणको लागि ११ करोड रुपैयाँमा सगुन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ ।

ठेक्का सम्झौता गरिए पनि बजेट नआउँदा कामलाई तीव्रता दिन नसकिएको कम्पनीका प्रोपराइटर सहदेव खड्काले बताए ।

सोरुमा ११ वटा स्वास्थ्यचौकी छन् । तर सबैमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीय सागरसम्शेर शाहीले बताए ।

‘यहाँ त नाम मात्रका स्वास्थ्यचौकी छन्, सामान्य उपचार गर्न पनि सदरमुकाम जानुपर्छ,’ उनले भने, ‘स्वास्थ्यचौकीहरूमा सिटामोलसमेत नपाइने भएकाले केही स्वास्थ्य समस्या देखिए मेडिकलको भर पर्नुपर्छ ।’ उनले गर्भवतीको स्वास्थ्य परीक्षण, एक्सरेलगायत सुविधा लिन सदरमुकाम जानुको विकल्प नभएको बताए ।

जिल्लाको सबैभन्दा बिकट मानिने मुगुमकार्मारोङ गाउँपालिकामा पनि अस्पताल बन्न सकेको छैन । मुगमकार्मारोङमा अस्पताल निर्माणको लागि संघीय सरकारले १० करोड रुपैयाँ बजेट निकासा दिएको छ । तर भवन निर्माण कार्यमा ढिला सुस्त भएको बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता