डाक्टर गोविन्द केसी एकहप्ता पछि सल्यान आउने

डाक्टर गोविन्द केसी एकहप्ता पछि सल्यान आउने

मंसिर २४, सल्यान । 

रूकुमका ग्रामिण बस्तीमा बिशेज्ञ सेवा प्रदान गरेका डाक्टर गोबिन्द केसी रुकुम पछि सल्यान आउने भएका छन।

विज्ञापन

हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको एक हप्ता सम्म सेवा गर्नेछन ।

आज देखि एक हप्तासम्म उनले जिल्ला अस्पतालको ओपिडीमा विरामीको उपचार गर्ने भएका छन।


हाडजोर्नि तथा नसा सम्बन्धिका विरामीको उपचार, परामर्शका लागि डाक्टर गोविन्द केसी जिल्ला अस्पताल आइपुगेको र आजबाट उपचार थाल्ने जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिए ।

त्यसका लागि आवश्यक समन्वय र सहजिकरण जिल्ला अस्पतालले गर्ने छ ।
दुर्गममा विरामीको उपचार गर्दै हिड्ने डाक्टर केसी दुई हप्ता रुकुम पूर्व जिल्ला अस्पतालमा उपचार गरेर पश्चिम पुगेका हुन ।

हाडजोर्नी सम्बन्धिको समस्या भएकालाई उपचारका लागि आउने जिल्ला अस्पतालले आग्रह समेत गरेको छ ।

त्यहाँ उपचार गरेपछि सल्यान जिल्ला अस्पतालमा आउने योजना रहेको डाक्टर केसीले बताएका छन ।


आफै औषधी बोकेर, आफ्नै खर्चमा डाक्टर केसी विरामीको उपचारमा हिडिरहेका छन । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसीले बेला बेला अनशन गर्ने, सरकारको ध्यानाकर्षण गराउने जस्ता काम पनि गर्दै आएका छन  । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता