ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

स्वास्थ्य सेवा कार्यलय सल्यानमा डिजिटल सुचना पाटी संञ्चालन

असार २४ सल्यान

स्वास्थ्य सेवा कार्यालय सल्यानमा आजदेखि डिजिटल सुचना पाटी सञ्चालनमा आएकाे छ । स्वास्थ्य सेवा कार्यलय सल्यानबाट दैनिक प्रवाह गर्ने सेवाकाे नागरिकले सहजै थाहापाउन र सेवा लिन सहजकताकाे लागी डिजिटल सुचना पाटी सञ्चालनमा ल्याइएकाे हाे।

विज्ञापन

स्वास्थ्य कार्यलयबाट प्रवाह गरिने सम्पुर्ण सेवा लाइ नागरिक माझ जानकारी दिने उद्धेश्यले डिजिटल सुचना पाटी नागरिक वडापत्र सञ्चालनमा ल्याइएकाे स्वास्थ्यसेवा कार्यलय सल्यानले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यलय सल्यानमा सञ्चालनमा ल्याइएकाे डिजिटल सुचना पाटी नागरिक वडापत्र

कार्यलयले काेभिड १९ काे महामाररी बाट बाँच्न नागरिकलाइ सहजक बनाउन डिजिटल सुचना पाटी बाट नागरिक लाइ सुचना प्रवाह गरेकाे कार्यलयले आज देखि डिजिटल ससचना पाटी नागरिक वडापत्र वाट सेवाका प्रकार र सुचना दिने कार्य थालनी गरेकाे सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । डिजिटल सुचना पाटीमा स्वास्थ्य सेवा कार्यालयबाट प्रदान गरिने सेवा , त्यस वाफत लाग्ने शुल्क लगाएतका बिबिध बिषयहरु समाबेश गरी डिजिटल सुचना पाटी नागरिक सञ्चालन गरिएकाे छ।

गरिक वडापत्र अपडेट भैरहेको र साउन १ गते देखी थप व्यवस्थित गरिनुका साथै डिजिटल नागरिक वडा पत्रमा अडियो भिडियो मार्फत जानकारीहरु पाउन सकिने बताएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता