दुइ दिने महिनावारी स्वच्छता तथा पाेषाण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

दुइ दिने महिनावारी स्वच्छता तथा पाेषाण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २ मा दहखाेलामा दुइ दिने महिनावारी स्वच्छता तथा पाेषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। गाउपालिका महिला तथा बालबालिका शखाकाे आर्थिक सहयाेग तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र दहखाेला सल्यानकाे आयाेनामा दुइ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हाे। छत्रेश्वरी गाउपालिका वडा नं २का सुनाैला हजार दिनका आमा तथा किशाेरीहरुकाे लागी सुरक्षित महिनावारी तथा पाेषण सुरक्षा अभिबृद्धी गर्ने उदेश्यले उक्त कार्यक्रम अयाेजना गरिएकाे बताएकाे छ।

सुनाैला हजार दिनका आमा तथा किशाेरीहरु महिनावारी हुदा कसरी महिनावारी स्वच्छतामा ध्यान दिन सकिन्छ, सेनेटरी प्याडकाे प्रयाेग कसरी गर्ने जस्ता विषयमा अभिमुखिकरण गरिएकाे थियाे।उक्त अभिमुखिककरण कार्यक्रममा सुनाैला हजार दिन आमा तथा शिशुकाे सुरक्षा र पाेषण सुरक्षामा अभिबृद्धी गर्न के के कुरामा ख्याल गर्नु पर्छ र यसमा पाेषणकाे महत्व के हुन सक्छ घरमा भएका खानेकुराबाट कसरी पाेषण प्राप्त गर्नृ सकिन्छ भन्ने बिषयमा दुइ दिन सम्म अभिमुखिकरण गरिएकाे थियाे। उक्त कार्यक्रममा किशाेरी सुनाैला हजार दिनका आमा तथा स्वाथ्य स्वयम सेवीका गरी करिव पचास जनाकाे उपस्थिती रहेकाे अभिमुखीकरण कार्यक्रमकाे प्रशिक्षण आधारभुत सेवा केन्द्र दहखाेला का प्रमुख चुडामणी बस्नेतले गरेका थिय।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता