ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जिल्लामै पहिलो पटक खानेपानी गुणस्तर परीक्षण गर्न ल्याब भवनको शिलान्यास

जिल्लामै पहिलो पटक खानेपानी गुणस्तर परीक्षण गर्न ल्याब भवनको शिलान्यास

८ असार २०८३ सल्यान

जिल्लामै पहिलो पटक खानेपानी गुणस्तर परीक्षण गर्न ल्याब भवनको एक कार्यक्रमका  वीच  शिलान्यास गरिएको छर

विज्ञापन

सल्यान जिल्ला भरिका खानेपानी स्रोतहरूको गुणस्तर परीक्षण गर्न सकिने आधुनिक प्रयोगशाला (ल्याब) भवनको आइतबार नगर प्रमुख प्रकाश भण्डारी र उप प्रमुख सुस्मिता सापकोटा द्वारा संयुक्तरूपमा शिलान्यास  गरिएको हाे।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत शारदा आयोजना कार्यान्वयन इकाइ मार्फत शारदा नगरपालिकामा निर्माण हुन लागेको पानी परीक्षण ल्याब भवनको शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतहरिचन्द्र बुढा, आयोजना व्यवस्थापक दीपक महर्जन लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हालसम्म जिल्लामा पानी परीक्षण गर्ने प्रयोगशाला नहुँदा नमुनाहरू परीक्षणका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेकाे थियोे।

निर्माणाधीन ल्याब सञ्चालनमा आएपछि जिल्लाभित्रै खानेपानीको गुणस्तर परीक्षण गर्न सहज हुने, समय तथा खर्चको बचत हुने तथा सुरक्षित र स्वच्छ खानेपानी सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्माण कार्यको जिम्मेवारी Global Construction and Water Treatment Pvt. Ltd. ले पाएको छ।
यस परियोजनाले सल्यान जिल्लाको खानेपानी व्यवस्थापन, जनस्वास्थ्य सुरक्षा तथा गुणस्तरीय सेवा प्रवाहमा नयाँ आयाम थप्ने विश्वास गरिएको बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता