ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु

नि:शुल्क गर्भपतन सेवा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट सुरु

असार ३० सल्यान
छत्रेश्वरी गाउँपालिका वडा नं २काे आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट पालिका स्तरीय नि:शुल्क गर्भपतन सेवा सुरु भएको छ।

स्वास्थ्य सेवा केन्द्र दहखाेलाले सुरक्षित मातृत्व तथा प्रजन अधिकार नियमावली २०७७ नियम १४ उपदफा २ बमोजिम गर्भपतनका सबै मापदण्ड पूरा गरेर पालिका स्तरीय पहिलो सेवा दिने संस्थाकाे मान्यता प्राप्त गरे आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट निःशुल्क गर्भपतन सेवा सुरु गरिएको हाे।

विज्ञापन

आधारभूत सेवा केन्द्र केन्द्र दहखाेला पालिका स्तरीय निःशुल्क गर्भपतन सेवा दिने पहिलो संस्था भएको छ स्वास्थ सेवा केन्द्र प्रमुख चुडामणि बस्नेतले जानकारी दिनुभयो ।

प्रमुख बस्नेतका आधारमा गर्भपतनका लागि धनराशि खर्च गर्ने बिवाहित जाेडीका लागि अब धनराशि खर्च गर्न नपर्ने बताउँदै १० हप्ता सम्मकाे नि:शुल्क गर्भपतन सेवा लिने सक्ने जानकारी दिनुभएको छ।

कर्णाली प्रदेश सरकारबाट आर्थिक बर्ष ०८०/०८१ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र दहखाेलाकाे नवनिर्मित ४ काेठे पक्की नयाँ भवन निर्माण कार्य सम्पन्न भए संगै स्वास्थ्य सेवा केन्द्र दहखाेलाबाट पालिका स्तरिय निःशुल्क गर्भपतन सेवा सुचारु गर्न सहज भएको हाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता