ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानकाे कुमाख पूर्ण खाेप पालिका तथा दिगाेपना सुनिश्चितता घाेषणा

सल्यानकाे कुमाख पूर्ण खाेप पालिका तथा दिगाेपना सुनिश्चितता घाेषणा

असार ५ सल्यान

सल्यानकाे कुमाख गाउँपालिका पुर्ण खाेप तथा दिगाेपना सुनिश्चितता घाेषणा गरिएको छ।

विज्ञापन

कुमाख गाउँपालिका सल्यानकाे आयाेजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानकाे सहजीकरणमा कुमाख गाउँपालिका सल्यानलाई पुर्ण खाेप पालिका तथा दिगाेपना सुनिश्चितता घाेषणा गरिएको हाे।

गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन सिहं वलीले ७ ओटै वडामा ०-१५ महिनामुनिका ३सय १९ जना र १६ महिना देखि २३ महिनासम्मका १ हजार २ सय ३२ जना बालवालिका सहित २७ ओटा खोप केन्द्र बाट जम्मा१ हजार २ सय ५१ जना बालबालिकाहरुले पूर्ण खोप पाएको जानकारी गराउदै,पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता हुनलाई चाहिने ईन्डिकेटरहरु सबै पूरा भएको जानकारी गराउनुभयो ।

घाेषणा कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीले जनप्रतिनिधीसंगै स्वास्थ्यकर्मीहरूको समर्पण, महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता र समुदायको निरन्तर साथले गर्दा पालिकाले यो उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अब हामीले यस उपलब्धिलाई कायम राख्दै अझ दिगो बनाउने योजना बनाएका छौँ ।” आज भन्दा बिसौँ बर्ष पहिला बाल मृत्युदर धेरै रहने गरेकोमा आज भोलि यहि खोपका कारणले गर्दा बालमृत्यदर घट्ने गरेको तथ्य रहेको जानकारी गराउनु भएको छ

।साथै कुमाख गाउपालिका वडा न ५ कि सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका बन्दुदेबी बुढा ज्युले राख्नु भएको मागलाई सम्बोधन गर्दै पालिका भरिका सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविकाहरु बिरामी भए पछि पालिकाको तर्फ बाट आगामि बर्ष २०८२/०८३ देखि यातायात निशुल्क रुपमा ब्यबस्था गरिदिने बिश्वास ब्यक्त गर्नु भयो।

यसै गरि कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलिप सोनि ज्युले खोप संगै पालिकाले पूर्ण सरसफाई अभियानलाई पनि प्राथमिकता साथ अगाडी बढाइरहेको बताउनुभयो।

साथै यो खोप कार्यक्रम नेपाल सरकारको p1 कार्यक्रम अन्तर्गत रहेकोले यस कार्यक्रमलाई सफल पार्नको लागि हामी सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो।

स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाले नियमित खोप कार्यक्रमले संक्रामक रोगहरूलाई निवारण गर्न मात्र नभई बाल मृत्युदर घटाउन र समग्र बालस्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

विगतमा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट मात्रै घरधुरी सर्वेक्षण हुनेगरेकोमा यसपटक स्वास्थयकर्मीहरुबाट नै गत माघ देखि चैतसम्म खोप सेवाको लागि घरदैलोमा गएको भन्दै छुट भएका बालवालिकालाई गत बैशाखमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

“देशभरको तथ्यांक हेर्ने हो भने, अझै पनि ४ प्रतिशत बालवालिकाले पूर्ण रुपमा खोप नपाएको र १६ प्रतिशतले कुनै न कुनै खोप नपाएको स्थिति छ ।सल्यानमा पनि ३३ जना बालवालिका छुटेका थिए ।

खोप लिन बाट छुटेका बालबालिकाको खोजी गरि खोपको पहुँचमा ल्याएका छौँ,” विशेषगरी यो गाउपालिका र छिमेकी जिल्लाको खुल्ला सिमाना रहेको र कतिपय गाउँ टोलहरु भौगोलिक बिकटतामा रहेकोले त्यस स्थानमा बसोबास गर्ने बालबालिकाहरु नियमित खोप लिन बाट छुट्ने सम्भावना निकै रहने हुनाले त्यस तर्फ ध्यान दिन स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, खोप कर्ता र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई चनाखो भई काम गर्न आग्रह गर्नुभयो ।

गाउपालिकालाई पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता गर्ने कार्यमा सहयोग गर्नुहुने स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, खोपकर्ता, जनप्रतिनिधि ज्युहरु सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका ज्युहरु, तथा सरोकारवाला सबैलाई स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा ब्यबस्थापक तथा जिल्ला पुर्ण खोप समन्वय समितिका सदस्य सचिब डा. अर्जुन बुढा मगर र जिल्ला पुर्ण खोप समन्वय समितिका संयोजक बेला राम रावलकाे  संयुक्त शुभकामना सन्देश सहित हार्दिक हार्दिक आभार प्रकट गर्दै कुमाख गाउपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत दिलिप सोनि र स्वास्थ्य शाखा प्रमुख मन वलि ज्युलाई पुर्ण खोप घोषणा पालिका तथा दिगोपना सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता