ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरी १ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

छत्रेश्वरी १ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

सल्यान, १२ जेठ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं १ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमकाविच वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

विज्ञापन

यस वडामा १६ महिना देखि २३ महिना उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी घरधुरी सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणबाट खोप पाएको अवस्था केलाइएको थियो ।

१५ महिना मुनिका बालबालिका ३९ जना रहेका छन् भने १६ देखि २३ महिनासम्मका उमेर समूहका ४१ जना बालबालिकाले पुर्ण खोप पाएको दमाचौर स्वास्थ्य चौकीका प्रमुख सिअहेव रुपक चन्दले जानकारी दिए । उनले खोप अभियानको प्रक्रिया, चुनौती र सफलताबारे जानकारी गराउँदै घरघरमा सर्वेक्षण गरेर खोपको दिगोपना सुनिश्चित गरिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष तथा वडा स्तरीय खोप समन्वय समिति अध्यक्ष प्रकाश हमालले बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकको चासो पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा वडा सदस्यहरू सुनिता विक, भीम बहादुर शाही, दिपा घर्ती, भानुभक्त मावि दमाचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष काली बहादुर चन्द, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, प्रहरी, आमा समूह, स्वयंसेविकाहरू लगायतको उपस्थिति रहेको थियो ।

वडा अन्तर्गतका सबै बालबालिकाहरूलाई पूर्ण खोप प्रदान गरिनुका साथै सो उपलब्धताको दिगोपना कायम राख्न उल्लेखनीय भूमिका खेलेको भन्दै कार्यक्रमको अवसरमा खोप कार्यकर्ता तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो ।

जन्मेदेखी १५ महिना सम्मका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार संञ्चालन ऐन, २०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता