ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरीमा स्वास्थ्य स्वयंसेविकाहरूका लागि  १० दिने आधारभुत तालिम

छत्रेश्वरीमा स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभुत तालिम

जेठ १० सल्यान

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयोजित १० दिने आधारभुत तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।

विज्ञापन

छत्रेश्वरी गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानको संयुक्त आयोजनामा संचालित तालिमको छत्रेश्वरी गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका विच समापन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन कुमार बुढाको अध्यक्षता तथा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । छत्रेश्वरी गाउँपालिकाका १२ जना र शारदा नगरपालिकाका ६ जना गरेर १८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आधारभुत तालिम प्रदान गरिएको हो ।

तालिममा प्राथमिक स्वास्थ्य सेवा, पोषण, मातृ शिशु स्वास्थ्य, सरसफाइ, सर्ने रोग तथा नसर्ने रोग व्यवस्थापन, तथ्यांक रिपोर्ट लगाएतका विषयमा ज्ञान, सीप प्रदान गरिएको थियो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढा, शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले आफ्नो भनाई राख्नुभएको थियो । यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यक्रम संयोज कथलराज डिसीले तालिमका बारे जानकारी गराउनुभएको थियो ।

तालिम समापन कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रमाणपत्र तथा किटबक्स, झोला, छाता लगाएतका सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा छत्रेश्वरी गाउँपालिकाको तर्फबाट कन्सलटेण्ट जनरल फिजिसियन नवौँ तहमा सिफारिस भइ स्वास्थ्य सेवा कार्यालय सल्यानको व्यवस्थापकको रुपमा पदस्थापन हुनुभएका डाक्टर अर्जुन कुमार बुढा मगर र जनस्वास्थ्य अधिकृतमा स्तरवृद्धि भएका दमाचौर स्वास्थ्य चौकीका पूर्व इन्चार्ज चित्र बहादुर वलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टरहरु आरएन मानन्धर, सागर धिताल, जगत किरण वली, जनस्वास्थ्य अधिकृत कविता खनाल, तथ्यांक शाखाका प्रतीक भट्ट, कम्प्युटर अपरेटर कृष्णा बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाका स्थित सचिवालयका स्वकीय सचिव खडग शाही, स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी लगाएतको सहभागिता रहेको थियो ।

गत जेठ १ गतेदेखि सञ्चालन भएको आधारभुत तालिमको सहजकर्ताहरुमा छत्रेश्वरी गाउँपालिकाका सिअहेव वीर बहादुर वली, प्रतिमा बुढाथोकी, सिअनमी कोपिला परियार रहनुभएको थियो । उहाँहरुलाई पनि प्रसंशापत्र प्रदान गरिएको थियो । तालिमबाट महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाहरुको ज्ञान र सीप बढेपछि उनीहरूको योगदान अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस सल्लाहकार शंकर केसीले गर्नुभएको थियो ।

१० जेठ, २०८२

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता