ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
बालबालिकाहरुकाे  मुटु राेग संग सम्बन्धित समस्या पहिचान गर्न एक दिने  शिविर सञ्चालन

बालबालिकाहरुकाे मुटु राेग संग सम्बन्धित समस्या पहिचान गर्न एक दिने शिविर सञ्चालन

जेठ २ सल्यान

राष्ट्रिय हृदय रोग निवारण प्रतिष्ठान को आयोजना तथा कपुरकोट गाउँपालिका सल्यानकाे समन्वयमा बालबालिकाहरुकाे मुटु राेग संग सम्बन्धित स्क्रिनिङ तथा परामर्श सेवा एवं एक दिने उपचार सिविर सम्पन्न भएको छ।

विज्ञापन

१६ बर्ष मुुनिका बालबालिकाहरुमा मुटु राेग सम्बन्धि समस्या पहिचान उपचार सेवा दिने र समस्या भएका बालबालिकाहरुलाई सिफारिस गर्न आयाेजना गरिएको १६ बर्ष मुनिका बालबालिकाहरुकाे मुटु राेग संग सम्बन्धित स्क्रिनिङ तथा परामर्श सेवा एवं एक दिने उपचार सिविर सल्यानकाे कपुरकाेटमा सम्पन्न भएको हाे।

राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ चिकित्सकहरूको सहभागितामा कपुरकोट गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा जीवनज्योति नमुना माध्यमिक विद्यालय रिममा शिविर सञ्चालन गरिएको कपुरकाेट गाउँ पालिका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

शिविरबाट हजारौं बालबालिकाहरूले मुटुरोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण गराएका छन्।

हृदयरोग निदान भएका बालबालिकाहरूलाई निःशुल्क तथा सहुलियत उपचारको प्रक्रिया अगाडि बढाइने भएको छ।

उक्त कार्यक्रममा  प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्र बैंकका गभर्नर दिपेन्द्र पुरुष ढकाल , कपुर गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी एवं हृदयरोग प्रतिष्ठान सल्यान तदर्थ समितिका अध्यक्ष सत्यता हमाल बिशेष उपस्थिति  सहभागिता रहेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता