छायाँछेत्र स्वास्थ्य चौकीको नयाँ भवन उद्धघाटन,भवन निर्माण सगै प्रयोगशाला सेवा विस्तार
जेठ २ सल्यान
छायाँछेत्र स्वास्थ्य चौकीको प्रयोगशाला सेवा विस्तार सँगै नयाँ भवनको समेत एक कार्यक्रमका वीच उद्धघाटन गरिएकाे छ।
६ नं वडा अध्यक्ष टिकाराम बुढाको अध्यक्षता, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीको विशिष्ट आतिथ्यतामा नवनिर्मित स्वास्थ्य चाैकीकाे भवन एक कार्यक्रमका वीच उद्धघाटन गरिएको हाे।
छत्रेश्वरी गाउँपालिका वडा नं, ६ भोटेचौरमा नवनिर्मित स्वास्थ्य चौकीबाट ल्याब सेवा सुरु भएसंगै स्थानीयहरूलाई सामान्य रोग परीक्षणका लागि जिल्ला तथा बाह्य ठाउँमा जाने बाध्यता हटेकाे छ।
प्रयोगशालामा सुगर, युरिक एसिड, हेमोग्लोविन,गर्भ चेकजाँच , क्षयरोग, मलेरिया, डेंगु, कालाजार, टाइफाइड, गर्भावस्थामा गरिने सबै जाँच, इएसआर, सिआरपी, आरए प्याक्टर लगाएतका १५ किसिमको जाँच सेवा प्रदान गरिनेछ ।
भवन उद्धघाटन समारोहमा अधयक्ष बुढाथोकीले सम्बाेधन गर्दै आधारभूत स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउन पालिकाले निरन्तर काम गर्दै आएको छ उहाँले भन्नुभयो, “स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच बढाउनका लागि भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनको काम गरिरहेका छौँ ।
भवन र प्रयोगशाला सेवा पनि त्यसै दिशातर्फको हाम्रो प्रतिबद्धताको एउटा काम भएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष खत्रीले राप्ती राजमार्गसंगै अवस्थित छायाँछेत्र स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा विस्तार संगै अन्य क्षेत्रका विरामीले पनि लाभ लिन सक्ने भएकोले स्वास्थ्य सेवा जनताको माैलिक हक भएकोले पालिकाले नागरिकको स्वास्थ्य सेवामा उच्च प्राथमिकता राखेकाे बताउनुुभयाे।
नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुधार गर्न प्रस्तुति सेवा, खोप सेवा, नियमित उपचार, मातृ तथा नवजात सेवा, बाल स्वास्थ्य सेवा लगायतका विविध सेवा सहज रूपमा प्रदान हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ६ नं वडा सदस्य श्री सागर नेपाली, छायाँछेत्र स्वास्थ्य चौकी प्रमुख श्री प्रतिभा बुढाथोकी, भुमी समस्या समाधान आयोग सल्यानका सदस्य श्री ज्ञान बहादुर खड्का, छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. रुकेश घिमिरे, वडा सदस्य श्री खड्गनाथ योगी, स्वास्थ्यकर्मीहरु, सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरु, आमा समूहका प्रतिनिधी लगाएत स्थानीयहरुकाे विशेष उपस्थिति रहेकाे कार्यक्रमकाे कार्यक्रमको संचालन छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री गणेशमान डांगीले गर्नुभएको थियो ।
#भवन निर्माण सगै प्रयोगशाला सेवा विस्तार #छायाँछेत्र स्वास्थ्य चौकीको नयाँ भवन उद्धघाटनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा