ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कपुरकाेटमा पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण  सुरु

कपुरकाेटमा पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण सुरु

जेठ ३ सल्यान

कपुरकाेट गाउँ पालिकाले पूर्ण खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण वडा नं १ उनबाङबाट सञ्चालन गरेकाे छ।

विज्ञापन

गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि सर्वेक्षणका सिलसिलामा वडा नम्बर १ उनबाङ टोलबाट पुर्ण  खाेप सुनिश्चितता सर्वे तथा नागरिक सन्तुष्टि  सर्वेक्षण शनिवार देखि  सञ्चालन गरेकाे हाे।

सर्वेक्षणमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, स्वास्थ्य शाखा प्रमुख सुवास हमाल कार्यपालिका सदस्य तिला कुमारी बिक तथा अनिता पुन र सिनियर अहेब टिकाराम न्यौपाने लगायतको टोली सहित उनबाङमा पुगेको हाे।

उनबाङमा सर्वेक्षणकाे क्रममा पालिका अध्यक्ष र उपाध्यक्ष सहितकाे टाेलीले १ नं का नागरिकसंग भलाकुसारी गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता