चलाउने परिवारकाे साहारा बन्याे जाल्पा सामुदायिक लघुबित्त बित्तिय संस्था

चलाउने परिवारकाे साहारा बन्याे जाल्पा सामुदायिक लघुबित्त बित्तिय संस्था

२०७८ श्रावन ३२ सल्यान

सल्यानकाे कालीमाटी गाउपालिका वडा न‌ १ माघे निवासी टंकी कुमारी चलाउने राेका काे परिवारकाे सहारा जाल्पा सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यलय कालीमाटी उनकाे परिवारकाे साहारा बनेकाे छ।

विज्ञापन

सल्यानकाे कालीमाटीमा रहेकाे जाल्पा सामुदायिक लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय मा २०७६ सालमा सदस्य बनेकी चलाउने काे दुबै मृगाैला फेल भइ उपचारकाे क्रममा मृत्यु भएपछि बित्तिय संस्था लि उनकाे परिवारकाे सहारा बनेकाे हाे ।

समुहमा सदस्य बने सगै २०७७ भदाैमा कर्जा लिएकी चलाउनेकाे गत बैशाख १४ गते उपचारकाे क्रममा मृत्यु भएपछि उनकाे नाममा रहेकाे रु २ लाख कर्जा मिनाह सगै रु ४८हजार काजकिरीया खर्च दिएर उनकाे परिवारमा साहारा दिन पुगेकाे हाे।

नेपालकाे ७७ जिल्लामा कार्यक्षेत्र रहेकाे वित्तिय संस्थाले ब्यबसायिक याेजनामा आधारित कर्जा प्रवाह गर्ने नियम अनुसार चलाउनेलाइ कालीमाटी शाखाले रु दुइ लाख कर्जा प्रवाह २०७७ भदाै २२ गरेकाे थियाे।

कर्जा प्रवाहक रकमकाे १ प्रतिशत ग्रामिन कर्जा बिमा अनुसार निज चलाउनेकाे दुबै मृगाैला फेल भइ उपचारकाे क्रममा मृत्यु भएकाले उनकाे बिमा रकम अनुसार कर्जा मिना तथा काजकिरीया खर्च दिएकाे शाखा प्रमुख प्रदिप नेपाली ले बताए।

उनकाे नाममा रहकाे रु दुइलाख कर्जा रकम मिनाह गरी ४८ हजार काजकिरीया खर्च रमक सहयाेग गर्न एक कार्यक्रम आयाेजना गरी बितरण गरिएकाे छ ।

कालीमाटी गाउपालिका वडा नं १ अध्यक्ष रबिलाल बस्नेकाे प्रमुख आतिथ्यता तथा समुहका सदस्य नागरिक समाजका अगुवाका बिचमा उक्त रकम वडा अध्यक्ष बस्नेतले उनका श्रीमान गाेबर्धन राेका लाइ सहयाेग हस्तारण गरेका थिय।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता