सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज

११ श्रावन २०७८ सल्यान

गत आर्थिक वर्ष २०७७/७८ मा सल्यान जिल्लाका १० स्थानीय तह र दर्जन बढी सरकारी कार्यालयबाट १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ ।

विज्ञापन

कोष तथा लेखा नियन्त्रन कार्यालय सल्यानकाअनुसार गत आर्थिक वर्ष संघिय सरकारबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेश सरकारबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार गरि कुल ६ अर्ब २६ करोड २९ लाख रुपैयाँ बजेट सल्यानमा आएको थियो । 

यसरी सल्यानमा आएकाे सबै बजेटकाे २२.९६ प्रतिशत बजेट कामै नभएर फ्रिज भएकाे हाे ।

बजेटको अख्तियारी ढिलो गरी आउनु, विकासे काममा ढिलाइ हुनु, कर्मचारी अभाव र कोरोनाका कारण यति ठूलो बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कमलसिं भण्डारीले बताए ।

जिल्लामा संघीय बजेटअन्तर्गत पुँजीगततर्फको २८ करोड ५७ लाख, विशेष अनुदानमा ३९ लाख, र समपूरकमा ३६ लाख ६१ हजार रुपैयाँ फिर्ता गएको छ । त्यस्तै, प्रदेश सरकारअन्तर्गत पुँजीगतमा ७७ करोड २७ लाख र चालु तर्फ २७ करोड ६९ लाख १७ हजार बजेट फ्रिज गएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानकाअनुसार शारदा नगरपालिकाको ९ करोड ४० लाख, बनगाड कुपिण्डे नगरपालिकाको ६ करोड ७० लाख र बागचौर नगरपालिकाको ६ करोड ३५ लाख बजेट फ्रिज गएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिकाको ५ करोड ७० लाख, कालीमाटी गाउँपालिकाको ४ करोड ७० लाख, कपुरकोट गाउँपालिकाको २ करोड ५३ लाख, सिद्धकुमाख गाउँपालिकाको २ करोड ४४ लाख, छत्रेश्वरी गाउँपालिकाको १ करोड ९६ लाख, कुमाख गाउँपालिकाको ७६ लाख र दार्मा गाउँपािलकाको ६५ लाख रुपैयाँ फिर्ता गएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता