ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित

कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित

सल्यान, असार २२

सल्यानको कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा सोमबार सम्पन्न भएको छ।

विज्ञापन

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले उद्घाटन गर्नुभएको सभाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम पास गरेपछि बजेट, आर्थिक ऐन, न्यायिक समितिको प्रतिवेदन तथा सामाजिक विकास समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्द‌ै सम्पन्न भएको हाे।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीको अस्वस्थताका कारण गाउँपालिकाको नीति तथा कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष टोपेन्द्र कार्कीले सभामा प्रस्तुत गर्नुभएको थियो।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष शनसिल्ता वली डिसीले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक ऐन प्रस्तुत गर्नुभएको थियो।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि जनप्रतिनिधिहरूले छलफल गरी आवश्यक सुझावसहित सर्वसम्मत रूपमा अनुमोदन गरेका हुन्।

गाउँसभाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा२० ओै अधिवेशनबाट ५३ करोड ४५ लाख ३० हजार रुपैयाँको बजेट सर्वसम्मत पास गरेकाे छ।

गाउँसभा सम्पन्न भएसँगै कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास तथा सेवा प्रवाहका कार्यक्रम कार्यान्वयन गर्ने बाटो खुला भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता