ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कपुरकोट गाउँपालिकाद्वारा ४६ करोड ५७ लाख १ हजारको बजेट पारित

कपुरकोट गाउँपालिकाद्वारा ४६ करोड ५७ लाख १ हजारको बजेट पारित

सल्यान, असार १० ।

सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४६ करोड ५७ लाख १ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

विज्ञापन

गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक तथा विनियोजन विधेयक पारित गर्दै उक्त बजेट स्वीकृत गरिएको हो।

पारित बजेटले गाउँपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ।

बैठकमा प्रस्तुत आर्थिक तथा विनियोजन विधेयकमाथि छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।

कपुरकोट गाउँपालिकाले पारित गरेको बजेटमार्फत स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता