दार्मा गाउँपालिका सल्यानकाे नीति तथा कार्यक्रम र विधेयक पारित,४२ करोडभन्दा बढीको बजेट प्रस्तुत
सल्यान, असार १० गते।
दार्मा गाउँपालिकाले सल्यानकाे १९ ओै गाउँ सभाकाे दाेस्राे र तेस्राे बैठकबाट नीति तथा कार्यक्रम र विधेयक पारित गर्दै ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ।

गाउँसभाको १९औँ अधिवेशन अन्तर्गत दोस्रो र तेस्रो बैठकबाट गत असार ७ गते सम्पन्न पहिलो बैठकमा अध्यक्ष निमबहादुर केसी द्वारा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा अर्थ विधेयकमाथि व्यापक छलफल गर्दै पारित गरिएको हाे।

आज बसेकाे तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्षले जुना मल्लले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड १७ लाख ६४ हजार २सय १२ रुपैयाँ बराबरको बजेट (व्यय अनुमान) सभामा प्रस्तुत गर्नुभएको छ।
प्रस्तुत बजेटमाथि गाउँसभा सदस्यहरूले आगामी असार १४ गते बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा, सुझाव तथा संशोधन प्रस्तावहरू राख्ने कार्यक्रम रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले जानकारी दिनु भएको छ।
सदस्यहरूको छलफल र सुझावपछि बजेट १४ गते गाउँ सभामा निर्णयार्थ प्रस्तुत गरिने जनाएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरेको जनाएको छ।
गाउँसभाको आगामी बैठकबाट बजेट पारित भएपछि कार्यान्वयन प्रक्रिया अगाडि बढाइने बताएको छ।
#दार्मा गाउँपालिकाले सल्यानकाे नीति तथा कार्यक्रम र विधेयक पारित गर्दै ४२ करोडभन्दा बढीको बजेट प्रस्तुतसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा