बागचौर नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन, ७७ करोडभन्दा बढीको बजेट प्रस्तुत
असार १० सल्यान
बागचौर नगरपालिका सल्यानकाे १६औँ नगरसभा अधिवेशनमा नगर प्रमुख जनकराज गौतमले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ।
नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच व्यापक छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएकाे छ।

नगर प्रमुख गौतमले आर्थिक वर्ष २०८३/८४ का लागि चालु तर्फ रु. ५३ कराेड,९८लाख ९२ हजार ३सय रुपैयाँ) र पुँजीगत तर्फ रु. २३ कराेड २४ लाख ,८३ हजार ०३० तीस रुपैयाँ गरी जम्मा रु. ७७ कराेड ,२३लाख ७५,हजार ३सय ३० रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हाे।

प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गतका योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विस्तृत विवरण नगरसभाको आगामी बैठकमा नगर उप-प्रमुखद्वारा प्रस्तुत गरिनेछ।

आगामी आर्थिक वर्षका लागि नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, रोजगार तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।
#बागचौर नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन #७७ करोडभन्दा बढीको बजेट प्रस्तुतसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा