ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरी गाउँपालिका सल्यानद्वारा ५३ करोड ७६ लाख बढीको बजेट पारित

छत्रेश्वरी गाउँपालिका सल्यानद्वारा ५३ करोड ७६ लाख बढीको बजेट पारित

असार १० सल्यान

छत्रेश्वरी गाउँपालिका सल्यानद्वारा आर्थिक वर्ष ०८३/०८४काे लागि ५३ करोड ७६ लाख बढीको बजेट पारित गरिएको छ।

विज्ञापन

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ७६ लाख ७९ हजार २३ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट
गाउँसभाको २०औँ बैठकमा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष बुद्धकुमारी खत्री ले पेश गर्नुभएको बजेट
माथि गाउँसभामा छलफल पछि सर्वसम्मत रूपमा परित गरिएको हाे।

बजेटको आकार

उपाध्यक्ष खत्रीले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि कुल ५३ करोड ७६ लाख ७९ हजार २३ रुपैयाँ बजेट विनियोजन गर्नुभएको हाे।

पालिकातर्फको बजेट

कुल विनियोजन : २१ करोड ७२ लाख ६ हजार रुपैयाँ
चालुतर्फ : १४ करोड ५ लाख ७७ हजार रुपैयाँ
पूँजीगततर्फ : ७ करोड ६६ लाख २९ हजार रुपैयाँ

बजेटलाई विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा केन्द्रित गरिएको छ।

योजना कार्यान्वयनमा नयाँ व्यवस्था

गाउँपालिकाले विकास योजनाको समयमै कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि ३० लाख रुपैयाँभन्दा बढी लागतका योजना सम्झौता नगर्ने नीति अवलम्बन गरेको छ।

नीति तथा कार्यक्रमका प्रमुख प्राथमिकता

कृषि तथा पशुपालन
कृषि र पशुपालन क्षेत्रको व्यवसायीकरणमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।

पूर्वाधार विकास

अधुरा तथा कमजोर गुणस्तरका विकास निर्माण कार्य सुधार गर्दै पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने नीति लिइएको छ।

शिक्षा तथा स्वास्थ्य

गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य शिक्षा तथा स्वास्थ्य सेवामार्फत मानव पूँजी विकासमा जोड दिइने निति अवलम्बन गरिएको छ।

सुशासन र सेवा प्रवाह

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रशासन र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य निर्धारण गरिएको छ।

पर्यटन प्रवर्द्धन

स्थानीय प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकासमा जोड दिदै आन्तरिक तथा बाह्य पर्यटनकाे केन्द्रका रुपमा छत्रेश्वरीका पर्यटन विकास र प्रवर्द्धन नीति लिएको छ।

वित्तीय सुशासन

चालु खर्च क्रमशः कटौती गर्दै बेरुजु घटाउने तथा वित्तीय अनुशासन कायम गर्ने नीति अवलम्बन गरिएको छ।

खानेपानी तथा सरसफाइ

सबै पालिकावासीलाई सुरक्षित खानेपानी र सरसफाइ सेवाको पहुँचमा ल्याउने लक्ष्य तय गरिएको छ।

विधेयक र खर्च योजना पनि प्रस्तुत

गाउँसभामा विधेयक समितिका संयोजक तथा वडा नं. ६ का वडाध्यक्ष टीकाराम बुढा ले आर्थिक विधेयक प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ७ का वडाध्यक्ष टेकबहादुर विष्ट ले मध्यमकालीन खर्च संरचना योजना पेश गर्नुभएको थियो।

वृहत् छलफलपछि नीति, कार्यक्रम, बजेट तथा सम्बन्धित विधेयकहरू सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता