गाएक भरत परियारको हामी लड्छौ देशकै लागी  बोलको राष्ट्र भक्ती गितको भिडियो सार्वजनिक

गाएक भरत परियारको हामी लड्छौ देशकै लागी बोलको राष्ट्र भक्ती गितको भिडियो सार्वजनिक

मंसिर १८ काडमाडौ

सल्यानी कलाकार भरत परियारको स्वर तथा हरी चन्द अग्नीपुञ्ज को शब्द रचना रहेको पहिलो राष्ट्र भक्ती गित हामी लड्छौ को भिडियो सार्वजनिक भएको छ।

विज्ञापन

सल्यानको माटोलाइ कर्म ठान्ने परराष्ट्र बिद हरी चन्द अग्नीपुञ्चको शब्द रचना तथा गाएक भरत परियारको स्वर रहेको हामि लडछौ देशकै लागी बोलको राष्ट्र भक्ती गित को भिडियो मंसिर १७ देखि बजारमा सार्वजनिक भएको हो।

भिडियो सार्वजनिक गर्दै रचनाकार हरी चन्द अग्नीपुञ्जले सामाजिक सञ्जाल मार्फत गाएक भरत परियारको प्रशंसा समेत गरेका छन।

सल्यान दमाचौरमा जन्मेका परियारले एक दर्जन बढी गित संगित वजारमा ल्याइ सकेका छन । चन्दका अनुसार परियारको बारेमा टिप्पनी गरेका छन यनको टिप्पनीमा निम्न कुरा समेटिएको छ।

यो गीत तयार हुनुमा नेपालको आधुनिक गायक बन्ने सपना बोकेर काठ्माण्डौ प्रबेश गरेको प्रिय भाइ भरत परियार (जो बिद्यालय तह अध्ययन गर्दा मेरो विद्यार्थी पनि हुन्) को सम्पुर्ण मेहेनत र दौडधुपले गर्दा सम्भव भयो ।

उनैले सम्पुर्ण टिमको ब्यवस्थापन गरे । Producer खोजे । कलाकार खोजे । उनको प्रख्यात गायक बन्ने सपना पूरा गर्ने चाहना थियो मेरो र छ किनकी उनी मेरो विद्यार्थी पनि हुन । उनलाई आफ्नो बिधामा सफल भएको हेर्ने मन छ ।

लोकदोहोरीमा त उनले धेरै गीत गाईसकेका छन् र Award पनि पाइसकेका छन । तर देशभक्तिपुर्ण तथा आधुनिक गीत सङ्गीतको बिधामा भने उनको यो पहिलो स्वर र सङ्गीत हो ।

त्यसैले हामीले चर्चित गायक गायिका भन्दा पनि आफ्नै टिमले यो काम गर्नु भयो ।

यो गीतमा लेखिएका शब्दहरुको मुल्य चुकाउनु पर्ला कि नपर्ला ? मैले राम्रोसंग पुर्वानुमान गरेको छु तर देशभन्दा माथी अरु केही छैन र मेरो जीवन पनि देशभन्दा माथि हुदैन । सबै कुराको लागि मानसिक रुपमा तयार भएर यो गीतको शब्द लेखिएको छ ।

सबैले बुझ्ने सरल, सामान्य भाषा र शब्द नै प्रयोग गर्न उचित ठानियो । कुनै भय र त्रासबिना शब्द लेखियो । कुनै बिम्ब प्रयोग गरिएन । बिम्बहरु आगामी दिनहरुमा अन्य गीतहरुमा प्रयोग गर्न सकिएला । कतिपय बेला बिम्ब प्रयोग गर्दा देशभक्ती पुर्ण भावना जस्ताको तस्तै प्रवाह गर्न कठिन हुन सक्छ भन्ने भयो । धेरै बाजा-गाजा पनि भाईहरुले जोहो गर्नु भएको छैन । खाली हामीले सन्देश दिन मात्रै खोजेका छौं । बाकी यहाँ हरुले मुल्यांकन गर्नुहुनेछ । भाईको प्रख्यात गायक बन्ने सपना साकार होस ।

श्रोतालाइ पनि केही टिप्पनी गरेका छन

अत्यधिक शेयर गरिदिनुहोस, अत्यधिक लाइक र कमेन्ट गरिदिनुहोस । मैले शब्द लेखे मलाई कोभिड भएको बेला । मर्ने/बाच्ने टुङ्गो थिएन ।

यो गित लेखेर गायक भाईलाई दिएको थिए ।

“बाचियो भने यो गीत सङ्ग-सङ्गै रेकर्ड गर्नुपर्छ, मरियो भने मेरो शब्द रचनामा यो गीत रेकर्ड गरिदिनु” भनेको थिएँ । मरिएन किनकि साएद केही गर्नु छ यहाँ ।

अनि भाईहरुलाई शब्द सङ्गै भाव धेरै मन पर्यो र रेकर्ड गर्न कस्सिनु भयो । जेनतेन रेकर्ड गर्नुभयो उहाँहरुले । तर भिडियो नबनाएर रिलिज नगर्ने कुरा भाईहरुको टिमले गर्यो ।

अन्तत: भिडियो बनाइदिने टिम पनि जुट्यो र यो पूरा भयो । यो मेरो गीत वा हाम्रो गीत भन्दा पनि देशको गीत बनोस् , त्यसैले धेरै माया गरिदिनुहोला …म सार्वजनिक रुपमा अपील गर्न चाहन्छु ।

राष्ट्रको लागि जे सकिन्छ नि, त्येही गर्ने हो । हामीले यहि सक्यौं र यहि गर्यौ । देशब्यापी रुपमा र बिश्वभर रहनु भएका नेपालीहरुलाई म यो गीत शेयर गरिदिनुहुन अपील गर्न चाहन्छु ।

यहाँ जुन शब्दहरु लेखिएका छन् नि, ती कुनै पनि शब्दले मेरो बिशयगत बिधालाई झल्काउदैन । म एक अति सामान्य सर्वसाधारण नागरिकको कोणबाट लेखेको छु । एक अति सामान्य तर देशलाई औधी माया गर्ने नगरिकले देशको बारेमा के सोचिरहेको हुन्छ, त्यो झल्काउने प्रयत्न गरिएको छ।

यहाँ “#नेपाल_जिन्दाबाद” भन्ने शब्द प्रयोग गरिएको छ । यो शब्द प्रा. डा. युवराज सङ्ग्रौला सरले धेरै पटक प्रयोग गरेको सुनेको थिएँ । यो शब्द उहाँ बाट नै सापटी लिइएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता