कर्णालीको रैथाने परिकार सहित माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन

कर्णालीको रैथाने परिकार सहित माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन

चैत १९ सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक कर्णालीको रैथाने परिकार सहितको भान्छाघर माया थकाली रेष्टुरेन्ट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा आएको छ।

विज्ञापन

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरि उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेलले माया थकाली रेष्टुरेन्टको समुदघाटन गर्नु भए सगै रेष्टुरेन्टमा पहिलो पटक कर्णालीका रैथाने परिकार सहितको भान्छाघर थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको हो।

प्रदेश राजधानीमा अहिले रैथाने परिकार भएको भान्छाघर  भेट्न मुस्किल छ अव देखि माया थकालीबाट रैथाने परिकार सहितको सेवा प्रवाह हुने भएकोले रैथाने परिकार भान्छाघर माया थकाली हुनेमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष कडेलले दावी गर्नु भयो।

उहाँलले भन्नुभयो हिजो  रैथाले परिकार गरिवले खान्छन भन्ने भास्य परिवर्तन भएको र अहिले धनीको भान्छामा रैथाने खानेकुरा तथा गरिवको भान्छामा बजारको सेतो चामल पाक्ने गरेको उहाँले बताउनु भयो।

माया थकाली रेष्टुरेन्ट रैथाने परिकारको पहिलो भान्छा घर बनाउन कर्णालीमा उत्पादन भएको रैथाने खाद्यन्न बस्तुको परिकार  खान पाउने तथा सेवा र मुल्यमा ग्राहको चाहाना अनुसार समायोजन गरेर माया होटेलको शाखा माया थकाली  रेष्टुरेन्ट सञ्चालनमा ल्याएको माया थकाली रेष्टुरेन्टका सञ्चालक प्रतिभा वलीले बताउनु भयो।

उहाँले भन्नु भयो अव देखि ग्राहक रैथाने परिकार खोज्न होटल होटल जानु पर्दैन दक्ष जनशक्तीबाट यहाँ सेवा दिने गरेका छौ हामीले रैथाने परिकार भान्छाघर निर्माण गर्नुको प्रमुख उदेश्य भनेको कर्णालीको रैथाने खाद्यन्न वालीको पहिचान दिन र स्वस्थ्य परिकारमालाको सेवा प्रवाह गर्ने हो ग्राहकको माग अनुसार खाना तयार हुने उहाँले बताउनु भयो।

वीरेन्द्रनगरको रंगशाला पुर्वी गेटमा सञ्चालनमा रहेको माया थकाली रेष्टेरेन्टमा कर्णालीको लोकल माछा संगै कागुनोको खीर फारको रोटी जुम्लाको माली मार्सीको खाना सेट सगै डोल्पा जाजरकोट र रुकुम पश्चिमका उच्च हिमाली भेकको सिमीको दालको स्वाद  सहितका परिकार पाइने सञचालक हरि कठायत र प्रतिभा वलीले जानकारी दिनु भएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता