गाउँ पालिका उपाध्यक्ष के.सीद्वारा हाते होजेरी तथा गुडिया तालिम उद्घाटन

गाउँ पालिका उपाध्यक्ष के.सीद्वारा हाते होजेरी तथा गुडिया तालिम उद्घाटन

फागुन ८ सल्यान

छत्रेश्वरी   गाउँ पालिका उपाध्यक्ष    बुद्धा  के.सीले  वडा नं ५ मा हाते होजेरी तथा गुडिया  सम्बन्धी  तालिमको एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ।

छत्रेश्वरी गाउँपालिकाको आयोजना तथा उद्याेग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा १२ दिने गुडिया तथा ६० दिने  हाते होजेरी  तालिमको उपाध्यक्ष के.सीले उद्घाटन गर्नु भएको हो।

स्थानीय कच्चा पदार्थको अधिकतम प्रयोग तथा महिला उद्यमशिलता विकास गर्न गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो।

३६ जना सहभागि रहेको तालिमको प्रशिक्षण हाेजेरी तर्फ कविता खर्त्री र गुडिया बनाउने तालिमको प्रशिक्षण दुर्गादेवी रिजालले गर्ने बताएको छ।

वडा नं ५ का वडा   अध्यक्ष फौदबहादुर बस्नेतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्यहरुको उपस्थिति रहेको  तालिमको सहजी करण उद्यम विकास सहजकर्ता निमा बस्नेतले गर्नु भएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता