काठमाडौमा भेटिएका अरनिको शंकर

काठमाडौमा भेटिएका अरनिको शंकर

पुष २४ काठमाडौ

उनको पुख्यौली घर उदयपुर जिल्ला त्रियुगा नगरपालिका ५ मा पर्दछ।

विज्ञापन

शंकर परियार अहिले २९ बर्ष भएका छन।तर बार्षिक आम्दानी ३६ लाख गर्छन भन्दा कसैले विश्वास नै गर्न सकने अबस्था छैन।

बुवाको पुर्खौली पेशा सिलाइकटाइ बालीघरे पेशा ले परिवारमा गासको समस्या सगै बासको समस्याले पिरोलो ले सताएकोले उनको बुवासंग कुनै उपाउ थियन भन्छन शंकर। श्रम र सिपको धनि बैज्ञानिक दलित समुदायको खस्किदो आर्थिक अबस्था र बिभेदको पिरोलोले नत गरीखान सकन्ने उपाय थियो नत कुनै रोजगार थियो त केवल बालीघरे पेशा सिलाइ कटाइ।

परिवारमा उनको बुवाले मात्र बालीघरेमा सिलाइकटाइ गर्ने बाध्यता थियो नत्र परिवार ले के खाने समस्याले नै दैनिकी बित्थ्यो उनको परिवारमा

बालीघरेबाट नत राम्रो घर बनाउन सके नत राम्रो सामाजिक सम्मान पाउन सकिन्थ्यो समाजमा  सामाजिक बिभेदको गहिरो खाडल नत मेट्न सकियो नत कानुनी रुपमा पहल लिन सकियो समाजमा हुन पनि हो किनकी बालीघरे नै बाँचेका हजारौ पिडाले देशमा दलित झन झन बज्रिलित भएका छन। उस्तै समस्यामा ठुलो दराय थियो शंकरको गाउमा।

काली भगवतीको मुर्ती

उनको परिवारमा ८ जना परिवार छ। शंकर उमेरले सानै भए पनि औपचारिक शिक्षाबाट बिमुख भए उनको गाउमा बिध्यालय नजिक त थियो तर बिभेदको दरारले गर्दा सानै उमेरमा बिद्यालयको ढोकामा पुग्न सकेन भन्छन शंकर

परिवारको  पिरोलो बुवा पछि उनि नै समाल्ने गरेका छन।

नत बुवाको सिप सिक नत औपचारिक रुपमा पढ्न पाए हो अनि त्यही बिभेदको सिकार बनिरहे

उनका साथीहरुले हातमा कलम र कापी थमाएर बिद्यालय पुगेको देख्दा उनलाइ झन पिरोलो भएको बताउछन शंकर।

उदयपुर जिल्लाबाट ६४ सालमा काठमाडौ १४ बर्षको सानै उमेरमा काठमाडौ झरे शंकर चिनेजानेको कोही थियन शंकरको। नत उनि संग सिप थियो नत उनि संग परिक्व उमेर नै थियो। काठमाडौ सहर न हो एउटा सानो बालक म आफै केही गर्न सक्ने अबस्था थिएन भन्छन शंकर।

उनि अहिले ललितपुर जिल्लामा बस्दै आएका छन। उनी एक स्टोन ह्यन्ड क्राप्ट हुन। उनले १० बर्ष गालीगडमै जवानी सम्पिए। दिनभरी काम बेलुका माममा मात्र सिमीत थियो भन्दछन शंकर उनी ढुङ्गा संग खेल्न लागेको १५ बर्ष पुगेछ।

बुद्ध शिव सरस्वतीको मुर्ती

उनिले दैनिक कालीगडबाट राम्रो आम्दानी त हात पारेनान तर बुवाको पुर्खौली बालीघरे पेशालाइ तोड्न सफल भएका छन।

उनी वाल्यकालमा नै ढुङ्गा संग खेल्न मन पराउने कारण नै यो स्टोन ह्यन्डी क्राप्ट रोजेको उनि बताउछन।

अहिले उनले ॐ शंकर ह्ययाण्डी क्राप्ट लघु उद्योग दर्ता गरी स्टोन ब्यबसाय थालेका छन।

उनले अहिले ललितपुरमा १ रोपनी जग्गामा ढुङ्गाको मुर्ती बनाउने उद्योग खोलेका छन। झट्ट हेर्दा कालीगड कसैले बिश्वास गर्ने अबस्था नभएको उनि बताउछन।

कामकै शिलशिलामा कति गाली खानु पर्यो उनले त्यो अहिले उनलाइ आशिर्बाद भएको छ। उनि अहिले एक उद्योग सञ्चालन गर्न सफल भएका छन।

उनि संग घरका सदस्य ३भाइ बहिनी काठमाडौ बस्दै आएका छन। उनि संग दैनिक ८ जनाले दैनिक रोजगार पाएका छन।

उनले मासिक एक लाख देखि ३ लाख सम्म ज्याला नै दिएको बताउछन  उनले घर परिवारको ब्यबस्थापनमा  पनि त्यतिकै ध्यान दिएका छन आफुले औपचारिक शिक्षा नपढे पनि उनको भाइले अहिले  पलस टु उतिर्ण गरेका छन उनका बहिनीहरु गाउँमा कक्षा १० मा पढ्दै छन।

परिवारको गुनासो सुन्नमा सिपालु शंकर अलि फरक छन नेपालमा बर्ण ब्यबस्थाबाट जात ब्यबस्थाको लागू गरी दलित समुदाएलाइ  वालीघरेमा सिमित बनाएको बताउछन।

नेपाली धर्म संस्कृती सबैले मान्न योग्य बनाइएको छ। तर जातकै कारण मन्दिरमा दलित समुदाएको पहुच बृद्धी गरी मुर्ती बनाएर दलित समुदायले साँस्कृतिक रुपान्तरण मा पनि टेवा पुर्याउन सक्छन भन्ने उदाहरण बन्न चाहेको छन शंकर।

अहिले उनले नेपाली ढुङ्गालाइ  देवी देवताका बिभिन्न आकृतीमा रुपान्तरण गरी मासिक ४ लाख सम्म आम्दानी गर्न सफल भएको बताउछन।उनको उद्योगमा अहिले १८ लाखका ढुङ्गा छन। उनले गरेको बार्षिक ३६ देखि ४० लाख  आम्दानी बाट बुवाको पुर्खौली पेशा परिवर्तन नै गरिदिएका छन।

उनका बुवाले उदयपुरमा २० गोटा बंगुरपालन ब्यबसाय सुरु गरेका छन। उनी सगै काठमाडौमा रहेका उनका भाइ बहिनी उद्योगको मालिक भएको बताउछन।

हिजो शासक हरु मुर्ती निर्माण र मन्दिरको पुजारी बने शत्ता र आर्थिक समृद्धी गरे तर दलित समुदाएले मुर्ती निर्माण साँस्कृतिक योगदान हिजो देखि गर्दै आएकाले दलित समुदाय यसको बिरोध हैन रुपान्तरण गर्ने पर्ने बताउछन।

नेपाल सरकारले दलित समुदाएको पेशा गत बिकास तथा मुर्ती निर्माणका लागी तालिमको ब्यबस्था गरे आफुले सघाउने बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता