ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कुमाख गाउँपालिकाद्वारा उत्कृष्ट श्रमिक सम्मान

कुमाख गाउँपालिकाद्वारा उत्कृष्ट श्रमिक सम्मान

सल्यान, असार १६

कुमाख गाउँपालिका सल्यानले गाउँपालिकाका  उत्कृष्ट श्रमिकलाई सम्मान गरेकाे छ।

विज्ञापन

कुमाख गाउँपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालित नेटा–ठूलाखोला सडक स्तरोन्नति योजना मा कठिन भौगोलिक अवस्थाका बाबजुद इमान्दारी, मेहनत र समर्पणका साथ कार्य सम्पन्न गर्ने श्रमिकहरूलाई सम्मान गरेको हाे।

सम्मान कार्यक्रममा श्रमिकहरूलाई सम्मानपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले  विकास निर्माणका कार्यमा पुर्‍याएको उल्लेखनीय योगदानकाे चर्चा गर्दै  सरकार  श्रमिककाे पक्षमा जहिले पनि अग्रस्थानमा रहने बताउनुभयाे ।

विकासका पूर्वाधार निर्माणमा श्रमिकहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै श्रमको सम्मान गर्ने संस्कारले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले श्रमिकहरुकाे मनोबल अभिवृद्धि, श्रमप्रतिको सम्मान र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले बताउनुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता