कालिमाटी गाउँपालिकाद्वारा किसानलाई मिनिटिलर वितरण
सल्यान ,असार ९
कालिमाटी गाउँपालिका सल्यान द्वारा किसानलाई मिनिटिलर वितरण गरिएको छ।
गकृषि विकास शाखाकाे आयोजनामा वडा नं ५ का किसानहरुलाई आए एक कार्यक्रमकाे आयोजना गरि मिनिटिलर वितरण गरिएको हाे।
किसानहरुलाइ प्रविधि मैत्री कृषि प्रणालीमा जाेड्न श्रम, समय तथा उत्पादन लागत घटाई कृषिमा आधुनिकीकरण गर्दै व्यावसायिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं. ५का ३२ वटा तथा वडा नं. ६ मा १२ वटा गरी कुल ४४ वटा मिनिटिलर किसानहरुलाइ वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ।
साथै वडा म फिटिङ्ग गर्न केही समय लाग्ने भएको हुनाले कृषि शाखा संग सम्पर्क रहन हुनु किसानहरुलाइ जानकारी गरेको छ।
वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सहनसिलता वलीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा ५ नं वडा अध्यक्ष टाेपेन्द्र कार्की, जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारीहरू, कृषि शाखाको टोली तथा वडाका किसानहरुकाे उपस्थिति रहेको थियोे ।
वितरण कार्यक्रममा उपाध्यक्ष वलीले किसानलाई मिनिटिलर हस्तान्तरण गर्दै समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कालिमाटी निर्माण तर्फ एक सशक्त कदम” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रमले गाउँपालिकामा कृषि आधुनिकीकरण अभियानलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो आधुनिक कृषि प्रविधिको प्रयोगले कृषि उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा कृषकहरूको आयस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने भएकोले प्रविधि हस्तान्तरण पछि प्राविधिक कुरामा कृषि शाखामा समन्वय गर्न र प्राप्त गरेकाे प्रविधिकाे मर्मत संम्भारमा ध्यान दिन सुझाउनु भयो ।
#कालिमाटी गाउँपालिकाद्वारा किसानलाई मिनिटिलर वितरणसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा