कपुरकोटमा १० दिने डोको–डालो बुनाइ तालिम सम्पन्न
सल्यान, ०८३ असार १
कपुरकोटमा अवस्थित सामुदायिक सिकाइ केन्द्रद्वारा आयोजित १० दिने डोको–डालो बुनाइ तालिम कार्यक्रम सम्पन्न भएको छ।
कपुरकाेट गाउँपालिका सल्यानकाे आर्थिक सहयोग तथा सामुदायिक सिकाई केन्द्र कपुरकाेटकाे आयाेजनामा १० दिने परम्परागत रैथाने सीपमा आधारित बाँस तथा निगालाकाे चाेयाबाट डाेका डालाे बुनाइ तालिम कपुरकाेटमा सम्पन्न भएको हाे।
स्थानीय सीप तथा परम्परागत ज्ञान सीप र प्रविधि तथा हस्तकलाकाे संरक्षण र आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूले डोको, डालो, पेरुङ्गो, छिटनी लगायतका बाँस तथा निगालोबाट बनाइने सामग्री निर्माण गर्न सक्षम भएका छन।
तालिम समापन कार्यक्रममा कपुरकाेट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा रैथाने हस्तकलाबाट आफ्नो दैनिकी जीवनमा उपयोगी बनाउन सल्लाह दिनुभएको छ।
घरायसी प्रयोगका सामग्री आफैं बनाउन सक्ने आत्मविश्वास बढेको र यसलाई आयआर्जनको माध्यमका रूपमा समेत विकास गर्न सकिने धारणा व्यक्त गर्दै सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधिहरूले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उपाध्यक्ष भण्डारीले
स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको सदुपयोग गरी स्वरोजगार बन्न सहभागीहरूलाई प्रेरित गर्ने कार्यक्रमले लैङ्गिक विभेदकाे अन्त्य गर्नेमा कपुरकाेट गाउँपालिका सहयोग गर्न तयार भएको उहाँले प्रशिक्षार्थीलाइ विश्वस्त हुन आग्रह गर्नु भयो ।
तालिम सहभागीहरूले यस्ता सीपमूलक तालिमले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्














प्रतिकृया दिनुहोस्