सल्यानमा ५ दिने दुना टपरी बनाउने तालिम सम्पन्नः प्लाष्टिक मुक्त अभियानमा दार्मा गाउँपालिका
जेठ ५ सल्यान
सल्यानको दार्मामा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ।
दार्मा गाउँपालिका सल्यानको आयोजनामा आर्थिक बर्ष ०८१।०८२को स्वीकृत बजेटबाट १६जना महिलाहरुलाइ आत्मनिर्भर बनाउन ५ दिने दुना टपरी बनाउने तालिम दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौरमा सम्पन्न भएको हो।
प्लाष्टिकजन्य वस्तुले वातावरण मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथै वातावरणमा प्रतिकूल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न स्थानिय स्तरमा पाईने कच्चा पदार्थ सालको पातबाट दुना–टपरी बनाएर उपयोगमा ल्याउने उद्देश्यले १६ जना महिलाहरुलाइ ५ दिने दुना टपरी बनाउने तालिम आयोजना गरिएको हो प्रमुख प्रशासकीय अधिकृत रेशम वलीले जानकारी दिनुभयो।
निम्न आर्थिक अवस्थाका महिलालाई रोजगारीको अवसरसमेत दिलाउने उद्देश्यले दुना–टपरी उद्योग स्थापना गर्न र उद्योग स्थापनाबाट आर्थिक आत्मनिर्भरतामा जोड दिदै दार्मा गाउँपालिकालाइ प्लाष्टिकजन्य बस्तु प्रयोग मुक्त बनाउन तालिम आयोजना गरिएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो।

स्थानीय स्तरमा पाईन कच्चा पदार्थ सालको पात खेर जाने तर प्लाष्टिकजन्य बस्तुको प्रयोगबाट मानव स्थास्थ सगै वातवावरणीय रुपमा प्रदुषण हुने भएकोले गाउँपालिकाले प्लाष्टिकजन्य बस्तु मुक्त बनाउने अभियानमा लागेको अध्यक्ष केसीले बताउनुभयो।

५ दिनको दुना टपरी बनाउने तालिमबाट महिलाहरुले अहिले टपरी उत्पादन गर्न थालेका छन उहाँले भन्नुभयो अव यसको लागि गाउँमा सञ्चालन हुने शुभकार्य तथा शोक कार्यमा अनिवार्य सालको पातबाट निर्माण गरेको दुना टपरी नै प्रयोग गर्न स्थानीय स्तरमा गाउँपालिकाले अनिवार्य गर्ने अभियानमा गाउँपालिका रहेको उहाँले जानकारी दिनुभयो।
५ दिन सम्म सञ्चालाको तालिको समापनमा प्रमुख अतिथि तथा जिल्ला समन्वय उप प्रमुख असुवीर बुढाथोकीले सहभागीहरुलाइ प्रमाणपत्र र प्रविधि हस्तारण गर्नुभएको छ।
#सल्यानमा ५ दिने दुना टपरी बनाउने तालिम सम्पन्नः प्लाष्टिक मुक्त अभियानमा दार्मा गाउँपालिकासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा