ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
रुकुम पश्चिमका ८ जना युवा ५ महिने  सीप तथा क्षमता विकास तालिका लागि  छनाेट

रुकुम पश्चिमका ८ जना युवा ५ महिने  सीप तथा क्षमता विकास तालिका लागि छनाेट

जेठ ४ सल्यान

रुकुम पश्चिमका ८ जना युवाहरुलाई ५ महिने  सीप तथा क्षमता विकास तालिका लागि आज एक कार्यक्रमका वीच  तालिममा  सहभागी प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना दिदै सम्मान गरिएको छ।

विज्ञापन

चौरजहारी नगरपालिका र सम्भव (SAMBHAV) परियोजनासँगको सहकार्यमा युवाहरूलाई व्यवसायीक तालिम प्रदान गर्न ५ महिनाकाे लागि  व्यसायिक सीप विकास तालिका लागि रुकुम पश्चिमका ८ जना प्रशिक्षार्थीहरुलाई शुभकामना दिद‌ै सम्मान गरिएको हाे।

५ महिने सीप विकास तालिमका लागि ६० जना युवाहरूले आवेदन पेस गरेकोमा निर्धारित कोटाको परिधीमा रहेर आठ जना प्रशिक्षार्थी छनाेट भएका हुन।

छनाेट भएका प्रशिक्षार्थीहरुलाई शुभकामना तथा बधाई दिदै चा‌ैरजहारी नगर प्रमुख पुष्पबादीले ५ महिने सीप तथा क्षमता विकास तालिमबाट पछिल्लो समयमा युवाहरुकाे वैदेशिक राेजगारमा जाने  लहर बढेकाेले याे कार्यक्रमबाट नेपालमै बसेर केही गरिखान सक्ने सीप प्रविधि र क्षमता विकासले वैदेशिक राेजगारमा  जाने युवा संख्या राेकिने बताउनु भयो ।

पाँच महिनासम्म काठमाडौंमा बसेर व्यसायिक सीप तथा क्षमता विकास सम्बन्धी प्रशिक्षणबाट युवाहरूले व्यवसायिक तथा जीवनोपयोगी सीप, तालिम र मार्गदर्शन प्राप्त गर्नेमा आफू विस्वस्त भएको प्रमुख  बादीले बताउनु भयो ।

सहभागीहरूले काठमाडौंमा पूर्णरूपमा निशुल्क तालिम पाउने र तालिमबाट उनीहरूलाई रोजगारी प्राप्त गर्न वा आफ्नै व्यवसाय सुरु गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान

५ महिने तालिमबाट  युवाहरूलाई आत्मनिर्भर बनाउन वारिष्टा (कफी बनाउने), बेकरी, कम्प्युटर, सिभिल, व्युटिपार्लर, मेकानिकल, इलेक्ट्रिकल, कुक, टेलरिङ लगायतका सीप विकास तालिम प्राप्त गर्नेछन।

१८ देखि २५ वर्ष उमेर समूहका युवाहरूले  सीप तथा क्षमता  विकास गर्न तालिममा सहभागी हुनु अगावै बधाई तथा शुभकामना  सहित सम्मान कार्यक्रममा नगर- उपप्रमुख ईश्वरीकुमारी शर्मा, बि.एम्.नगरका प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकाल सहितको विशेष उपस्थितिमा छनाेट भएका प्रशिक्षार्थीका अभिभावकहरुले तालिममा सहभागी बनाउन समेत प्रतिबद्धता जाहेर गरेका छन।

सहभागीहरूलाई पाँच महिनाको अवधिमा व्यवसायिक तालिम, व्यक्तिगत र जीवन उपयोगी सीपका सुत्रहरू, परिवर्तनका कथाहरू, सामुहिक बसाईं तथा छलफल र सिकाइमुलक भ्रमणका विषयवस्तुहरू प्रशिक्षित गर्ने बताइएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता