सल्यानका एक युवाले गरे एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग

सल्यानका एक युवाले गरे एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग

असार ९ सल्यान

सल्यानका एक युवाले एकलाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग गरेका छन।

सल्यान शारदा नगरपालिका वडा नं ४ निवास हाल बैदेशिक राेजगारमा रहेका गाेपाल सेजवालले शारदा नगरपालिका वडा न ४ सामुदायिक बिद्यालयमा एक लाख पचास हजार बराबरकाे शैक्षिक सामग्री सहयाेग गरेका हुन।

शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारी सहित स्थानिय बुद्धिजिबीकाे उपस्थितीमा समाजसेवी बिजुली प्रशाद सेजवाल का नाति गोपाल सेजवाल ले करिब एक लाख पचास हजार बराबरकाे शैक्षिक सामग्री शा. न. पा ४ मा रहेका ३ वटा आधारभुत बिद्यालयमा अध्यनरत करिब २९० जना बालबालिकालाई प्रती ब्यक्ती १ दर्जन कापि र १ दर्जन पेन्सिल सहयाेग गरेका छन ।

उनले बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरे लगतै सामाजिक सञ्जालमा यस्ताे लेखेका छन

आदरणीय आमा बुवा दाजुभाइ तथा दिदिबहिनिहरु सबैमा हार्दिक नमन ????म गोपाल सेजवाल , म अहिले बिदेश छु !

मैले बिदेशमा दिनरात मेहनत गरेर आफ्नो खुन पसिना बगाइ रहेको छु ! यहि खुन पसिना बगाएर कमाएको पैसाले आज सानो भए पनि सामाजिक कार्य गर्न पाउँदा एक्दमै खुशी छु । मेरो करिब डेढ लाख आर्थिक सहयोगमा मेरो आफ्नै ठाउँ शारदा नगरपालिका वडा नम्बर ४ का ३ वटा प्रा बि स्कुलका १-५ सम्मका सबै विद्यार्थीले केही शैक्षिक सामाग्री प्राप्त गरेका छन !

हाम्रो समाज राम्रो हुन लाई सबैभन्दा पहिले शैक्षिक गुणस्तर हुन जरुरी छ । आजका बालबालिका भोलिका कर्णधार हुन !

कापी कलम किन्ने अबस्थामा नभएका नानी बाबुला थोरै भए पनि सहयोग पुग्ने छ भन्ने हेतुले मैले यो सहयोग गरेको हु! कता कता मलाइ लाग्छ मैले यो काम गर्दै गर्दा मलाइ बिफल बनाउनको निमित्त धेरै रणनीति गरियो तर जसो तसो सफल भएको छ ।

कृपय मेरो बिनम्र अनुरोध छ स्वतन्त्र मान्छे हु मलाइ कुनै राजनीति सङ्ग लिनु दिनु केहि छैन म चहान्छु मेरो गाउँ समाज राम्रो होस । मलाइ यो कम गर्ने क्रममा रणनीति खेल्ने सबैमा धन्यवाद तपाइहरुको रणनीतिले नयाँ पाठ सिकाएको छ। जय सल्यान!

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता