अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा  तोडफोड

अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा तोडफोड

पुस २५,सल्यान 

अज्ञात समुह द्धारा सल्यानको एक बिद्यालयमा तोडफोड गरिएको छ।

विज्ञापन

जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रामा रहेको जनता माध्यमिक विद्यालयमा अज्ञात समूहद्धारा पुस २२ राती राती विद्यालयको प्रशासन गेटको ताल्चा फोडी अज्ञात समूहले तोडफोड गरेको हो । 

अज्ञात समूहले चार वटा स्टिल दराज, चार वटा टेबुलका घर्रा र सिसि क्यामेरामा तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक हिकमत रोकाले जानकारी दिए । 

बिद्यालयका भौतिक सामाग्री तोडफोड गर्ने समूहलाई खोजी गरी कानुनी कारवाही गर्न समेत उनले सबैमा आग्रह गरेका छन् । 

सार्वजनिक स्थानमा गरिएको तोडफोड प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालयले उक्त घटना प्रति घोर भत्र्सना समेत गरेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बद्ध सबै सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत विद्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता