सल्यानको त्रिबेणी गाउँपालिकाद्धारा ‘हाम्रो त्रिबेणी’ पाठ्यपुस्तक सार्वजनिक

सल्यानको त्रिबेणी गाउँपालिकाद्धारा ‘हाम्रो त्रिबेणी’ पाठ्यपुस्तक सार्वजनिक

सल्यान २०७८ भदौ ३१

सल्यानको त्रिबेणी गाउँपालिकाद्धारा ‘हाम्रो त्रिबेणी’ नामक स्थानिय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक आज एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ।

विज्ञापन

स्थानिय तह सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरेर त्रिबेणी गाउँपालिकाले कक्षा १ देखी ५ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गरेर बिद्यालय शिक्षामा समावेश गरेको जनाएको छ ।

२०७६ सालमा पाठ्यक्रम निर्माण गरेर लागु गरेको यस गाउँपालिकाले अहिले कक्षा १ देखी ५ सम्म पाठ्यपुस्तक नै निर्माण गरेर लागु गरेको जनाएको छ ।

बिद्यालय उमेरका साना वालवालिकाहरुलाई संस्कार सिकाउने र स्थानिय स्तरमा रहेका कला संस्कृति, खेतीपाती लगाएका बिषयहरु समावेश गरेर पाठ्यपुस्तक तयार पारिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

पुस्तकमा संस्कार, स्थानिय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिका बिषय बस्तु समाबेश गरिएको बताइएको छ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगाएत सरोकारवालाहरुको सहभागितामा निर्माण गरिएको पाठ्यपुस्तक यस बर्ष गाउँपालिकाका १ हजार ८ सय बिद्यार्थीहरुले पठनपाठन गर्ने अध्यक्ष डाँगीले बताए।

सामुदायिक बिद्यालयको शैक्षिक सुधारको लागि आफुहरु निरन्तर रुपमा लागि रहेको उहाँको भनाई छ ।


‘स्थानिय पाठ्यपुस्तक निर्माण गर्नु आफैमा गाह्रो बिषय हो, तर हाम्रो संस्कार हराउदैँ गएको छ, मान्छेहरु व्यवहारिक बन्नै छोडे’ उनले भने ‘गाउँपालिका भित्रका वालवालिकामा संस्कार सिकाउन र स्थानिय कृषि, संस्कृति आदीको बारेमा जानकारी लिउन एवम् सामान्य रुपमा चिठ्ठीपत्र, निवेदन, तमसुक कसरी लेख्ने भनेर थाहा पाउन भन्ने हाम्रो अपेक्षा हो ।’

अध्यक्ष डाँगीले यस पाठ्यपुस्तकलाई समयानुकुल परिमार्जन गर्दै लगिने र जहाँ बिद्यार्थी, त्यहाँ शिक्षक अभियान अन्र्तगत २० जना बिद्यार्थी बराबर एक जना शिक्षकको व्यवस्था गरिएको उनको भनाई छ ।

उनले शिक्षालाई प्रविधिमैत्री बनाउदैँ लगेको, बिद्यालयहरुमा इन्टरनेट, कम्प्युटरको व्यस्थापन गरेको, इहाजिरी जडान लगाएतका काम गरेको र बिद्यालयहरुमा शिक्षकहरुको पनि अभाव नभएको बताए ।

पाठ्यपुस्तक निर्माणका सहजकर्ता दामोदर शर्माले वालवालिकाको स्तर अनुसारका बिषयबस्तुहरु नै पाठ्यपुस्तकमा समावेश गरिएको बताएका छन ।

जसमा उनीहरुको सिकाईलाई केन्द्रित गर्न अधिकतम् मात्रामा चित्रहरु समावशे गरिएको र पाठ्यपुस्तक निर्माण गर्दा विभिन्न चुनौतीको सामना गरेपनि वालवालिकाको सिकाईलाई उपलब्धिमुलक बनाउन सहयोग हुने बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता