त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण
असार २३ सल्यान
त्रिवेणी गाउँपालिका लुहाम, सल्यानको आयोजना र समाज जागरण केन्द्र (स्याक) नेपालको प्राविधिक सहयोगमा आयोजित “वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी” २ दिने क्षमता विकास अभिमुखीकरण एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ।
त्रिवेणी गाउँपालिका अन्तर्गतका १५ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुकाे वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी क्षमता विकास गर्न आयोजना गरिएको तालिम एक कार्यक्रमका बीच आज त्रिवेणीमा सम्पन्न भएको हाे।
गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्दै उपाध्यक्ष पुनले सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय बनाउने दिशामा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्न र नितिगत तथा कानुन रुपमा प्रतिबद्ध भएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख श्री गणेश प्रसाद आचार्यकाे विशेष उपस्थिति रहेको कार्यक्रमकाे सञ्चालन स्याक नेपालका शिक्षा अधिकृत सर्वराज बि.कले गर्नुभएको अभिमूखिकरणमा दुई दिनको प्रशिक्षण प्रशिक्षक चाैहान रानाले विद्यालय सुरक्षा, जोखिम न्यूनीकरण, आपतकालीन तयारी र जलवायु अनुकूल शिक्षण–सिकाइ जस्ता महत्वपूर्ण विषयहरूमा व्यवहारिक सीप तथा क्षमता विकास सम्बन्धि बिषयमा अभिमूखिकरण गर्नुभयो थियोे ।
#त्रिवेणीमा वृहत विद्यालय सुरक्षा तथा जलवायु अनुकूलन शिक्षा सम्बन्धी" २ दिने क्षमता विकास अभिमुखीकरण
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा