भानुभक्त मावि, दमाचौरबाट एसईई २०८१मा शतप्रतिशत उतिर्ण हुने बिद्यार्थीहरुलाई बधाई तथा सम्मान
असार २३ सल्यान
भानुभक्त मावि, दमाचौरबाट एसईई २०८१मा शतप्रतिशत उतिर्ण हुने बिद्यार्थीहरुलाई लागि आज कार्यक्रमका बीच बधाई तथा शुभकामना सहित सम्मान गरिएको छ ।
छत्रेश्वरी–१, दमाचौरस्थित भानुभक्त माध्यमिक विद्यालयबाट २०८१ सालको SEE परीक्षामा सहभागी भएका ३९ जना सबै विद्यार्थीहरूले न्यूनतम ग्रेड प्राप्त गर्दै सतप्रतिशत नतिजा हासिल गरे सगै बिद्यालयकाे आयोजनामा आज एक कार्यक्रमका बीच उतिर्ण हुने सम्पूर्ण बिद्यार्थीहरुलाइ बधाई तथन शुभकामना सहित सम्मान गरिएको हाे।

विद्यालयबाट शैक्षिक सत्र २०८० मा कक्षा ९ का ७५ जना विद्यार्थीहरूमध्ये ३९ जना मात्र कक्षा १० मा अपग्रेड हुन सफल भएका थिए ।
छत्रेश्वरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रकाश हमालद्वारा टिका र प्रधानाध्यापक खुमानन्द के.सी.द्वारा खादा ओढाएर विद्यालयबाट SEE मा न्यूनतम ग्रेड प्राप्त गर्न सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै सम्मानित गरिएको छ।

कार्यक्रममा बोल्दै वडा नं. १ वडा अध्यक्ष प्रकाश हमालद्वारा सत प्रतिशत नतिजा ल्याउन सफल भएकोमा न्यूनतम ग्रेड हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना र शिक्षकहरुलाई धन्यवाद दिनुभयो ।
विद्यालयको थप व्यस्थापनको लागि वडा कार्यालय सकारात्मक रहेको र वडाको बजेटबाट विद्यालयको लागि गर्न सकिने योजना वडा कार्यालयबाट गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो
SEE मा न्यूनतम ग्रेड प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थित गराउने प्रयास गरिए पनि थोरै मात्र विद्यार्थीहरु कार्यक्रममा उपस्थित भएकाे बिद्यालय परिवारले जनाएको छ।
#भानुभक्त मावि #दमाचौरबाट एसईई २०८१मा शतप्रतिशत उतिर्ण हुने बिद्यार्थीहरुलाई बधाई तथा सम्मानसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा