सल्यानमा आधारभूत तह (१-३)का लागि पाठ्यक्रम सम्बन्धि कष्टमाइज तालिम सम्पन्न
असार ५ सल्यान
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाका शिक्षकहरुका लागि तीन दिने आधारभूत तह कक्षा १-३ काे एकीकृत पाठ्यक्रम सम्बन्धि कष्ठमाइज्ड तालिम सम्पन्न भएको छ।
बनगाड कुपिण्डे नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना तथा रुम टु रिड को प्राविधिक सहयोगमा “आधारभूत तह (कक्षा १-३) एकीकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज्ड ३ दिने तालिम” शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख श्री चक्र बहादुर रावतकाे अध्यक्षता तथा नगर प्रमुख श्री कर्ण बहादुर बुढाथोकीको प्रमुख अतिथ्यतामामा सम्पन्न भएको हाे।

३ दिन सम्म सञ्चालन भएको तालिमबाट आधारभूत तह कक्षा १-३ का बालबालिकालाई एकीकृत रुपमा अध्ययन गर्न उक्त पाठ्यक्रमले सहजीकरण गर्ने उदेश्यका साथ ३ दिने कष्माइज्ड तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख रावलले जानकारी दिनुभयो ।

३ दिने पाठ्यक्रम सम्बन्धि कष्टमाइज्ड तालिममा नगरका प्रमुख प्रशासकीय अधिकृत श्री गोकर्ण पन्थी, प्राविधिक सहायक श्री धुर्वा कुमारी थापा, तालिमका प्रशिक्षक श्री हर्क वहादुर वली, हिरा बहादुर खत्री, गणेश बहादुर चन्द, विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरुकाे बिशेष उपस्थिति रहेको थियोे ।
#सल्यानमा आधारभूत तह (१-३)का लागि पाठ्यक्रम सम्बन्धि कष्टमाइज तालिम सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा