विद्यालयमा याेग शिक्षा अनिवार्य गर्न छत्रेश्वरीमा शिक्षकलाई याेग शिक्षा तालिम सञ्चालन
जेठ ५ सल्यान
छत्रेश्वरी गाउँपालिकामा आयुर्वेद तथा योग विषय शिक्षकहरु लाई आयुर्वेद तथा योग सम्बन्धि तालीमसञ्चालन गरिएको छ।
छत्रेश्वरी गाउँपालिका आयुर्वेद शाखाकाे आयाेजनामा गाउँपालिकाका आयुर्वेद तथा याेग शिक्षकहरुलाई आयुर्वेद तथा याेग सम्बन्धि तालिम छत्रेश्वरी गाउँ पालिकामा सञ्चालन गरिएको हाे।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले तालीम उद्घाटन गर्नु भएको छ ।
छत्रेश्वरी गाउँपालिकाको आयुर्वेद शाखाको आयोजनामा गाउँ पालिका भित्रका सम्पुर्ण मा.वी विद्यालयमा एक /एक जना आयुर्वेद स्वास्थ्य योग शिक्षा विषय शिक्षक निर्माणका गर्ने उदेश्यले तालिम सञ्चालन भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद याेगीकाे अध्यक्षता आयुर्वेद शाखाका प्रमुख गणेश रावलकाे सञ्चालनमा आयाेजना गरिएको तालिमको उद्धघाटन प्रमुख अतिथि तथा गाउँ पालिका अध्यक्ष ओेजबहादुर बुढाथोकीले उद्धघाटन गर्नुभयो ।

वडा नं ५ का वडा अध्यक्ष फाेैद बहादुर बस्नेतकाे बिशेष उपस्थिति रहेकाे तालिममा सहभागी शिक्षकहरुलाई आयुर्वेद जिल्ला अस्पतालकी डा: सम्झना वि.सी,शिक्षा शाखा प्राविधिक सहायक शिवसिंह पुनले सहजीकरण गर्नुहुने छ।
#विद्यालयमा याेग शिक्षा अनिवार्य गर्न छत्रेश्वरीमा शिक्षकलाई याेग शिक्षा तालिम सञ्चालनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा