सरस्वती आधारभूत विद्यालयकाे ३९ ओै वार्षिकोत्सब अध्यक्ष बुढाथोकी द्वारा उद्धघाटन
जेठ ४ सल्यान
सरस्वती आधारभूत विद्यालयकाे आयाेजनामा आयाेजित ३९ ओै वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमकाे गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गर्नु भएको छ।
सरस्वती आधारभूत विद्यालयकाे आयाेजना ५ का वडाअध्यक्ष तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष फौद बहादुर बस्नेतको अध्यक्षतामा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख अतिथि उपाध्यक्ष बुद्धा कुमारी खत्रीको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सबकाे उद्धघाटन कार्यक्रम सम्पन्न भएको हाे।

उद्धघाटन समारोहमा बोल्दै- ” शिक्षा समाज परिवर्तनको मूल आधार भएको बताउदै विद्यालयले स्थानीय स्तरमा पुर्याएको योगदानको प्रशंसा अध्यक्ष बुढाथोकीले गर्नुभयो ।
उपाध्यक्ष केसीले “विधालयमा अभिभावक, शिक्षक र समुदायबीच सहकार्यलाई अझ सुदृढ गर्दै आगामी दिनमा विद्यालयलाई उदाहरणीय शैक्षिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्यमा लाग्न सुझाउनु भयाे।

वार्षिकोत्सब कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक ,वडा सदस्य ,टोल बिकास संस्थाका अध्यक्ष ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु , राजनीति दलका नेताहरु ,समाजसेवि,सुरक्षाकर्मी,पत्रकार,बुद्धिजीवी एवं स्थानीयबासी,बिद्यार्थी ,अभिभावकहरुको सहभागीता रहेको कार्यक्रममा गेदलाल रावतले स्वागत गर्नुभएको थियोे ।
विद्यालयकाे आर्थिक तथा ऐतिहासिक दस्तावेज सहितको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक श्री टेक बहादुर घर्तीले प्रस्तुत गर्नुभएकाे कार्यक्रममा विभिन्न बिधालयका प्र.अ ,स्थानीय बुद्धिजीवी , महत्त्वपूर्ण अन्य अतिथी संगै विभिन्न पुर्व व्यवस्थापन समिति अध्यक्षहरु, पुर्व प्रधानध्यापकहरु, विधालयका संस्थापकहरु,उत्कृष्ट विद्यार्थी हरुलाई पुरस्कृत गरिएको छ।
विद्यालयमा सहयाेग गर्ने सम्पूर्ण दाता लाई सम्मान सम्मान गर्दै वार्षिकोत्सब कार्यक्रममा आयाेजना गरिएका विभिन्न खृलकुद कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ प्रमुख अतिथि,विशिष्ट अतिथि तथा अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको छ।
पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर बस्नेतले ३९ वार्षिकोत्सबकाे अवसरमा जेहेन्दार विधार्थीलाई पोशाक सहित कपी सहयोग हस्तान्तरण गर्नुभएको छ।
#सरस्वती आधारभूत विद्यालयकाे ३९ ओै वार्षिकोत्सब अध्यक्ष बुढाथोकी द्वारा उद्धघाटनसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा