विश्वकर्मा पूजा र सल्यानले सम्मान गर्न नसकेका लाटाकामी

विश्वकर्मा पूजा र सल्यानले सम्मान गर्न नसकेका लाटाकामी

नेपाली समाजमा पहिले घरेलु हतियार तथा खरखजना निर्माण गर्ने कोहुन भन्दा बिश्वकर्म समुदायको को नैं नाम अगाडी आउछ।

समाजले यो त स्वीकार्छ तर नेपाली समाजमा अर्को अपभ्रम त्यो पनि छ जुन बिश्वकर्म काम थालेसी अपमान भोग्न बाद्य पारिन्छ र उसको जीवीको पार्जनको सबै रोजीरोटी नै मागन्ते बनाइन्छ।

विज्ञापन

नेपाली कला साहित्य तथा सृजनाका शौकिन दलित समुदाय नै आज बिभिन्न पेशा अंगालेका कारण नै अपमानित तथा अपहेलित हुनु परेको छ।

नेपाली दलनमुक्तीमा लागेका दलित अग्रज बिसे नगर्ची भगत सर्वजित बिश्वकर्म लालीमाया कमेनी दलबिर कामी सल्यानका लाटा कामी जसले देशमा शासन सत्तामा आलिसान गराउन महत्वपुर्ण भुमिका खेले यी सबै पात्र आज नेपाली समाजको अपहेलित पात्र हुन।

नेपाली समाजको नयाँ कल्पना तथा हतियार आविष्कार आज ओझेलमा परेका छन ति हुन सल्यान ले पुजा गर्ने बिश्वकर्म लाटा कामी जसको संक्षिप्त चिनारी

सल्यानले सम्मान गर्न नसकेका लाटा कामी र उनको योगदान

वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए ।

२००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइप राइटरमा सुधार गर्ने, घन्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए ।

उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्प शक्तिद्वारा चल्ने हेलिकोप्टर समेत बनाएका थिए । यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए । औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो । उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ ।

इतिहासमा लुकाएका पात्र दलवीरसिंह कामी,

जसले  दर्जन बढी पुल बनाएका थिए कर्णालीका एक इतिहास हुन्, दलवीरसिंह कामी। जसले ३ कक्षासम्म पढे। तर, आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने। उनको क्षमताको कदर गर्दै जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर दिइयो। उनै इतिहास गुमनाम प्रायः छन्। उनको मृत्यु ४८ वर्षदेखि रहस्यमै छ। 

उनको जन्म दैलेखको गुराँस–४ रतीखोलामा विसं १९७८ मा भएको थियो। उनी फलामका सामान बनाउँथे। पछि बुवासँगै सुर्खेत झरे। सुर्खेतमा आरन चलाए। उनले भेरी नदीमा पुल नहुँदा गाउँलेले भोगिरहेको सास्ती नियालिरहेका थिए। त्यही भएर २०१९ सालतिर झोलुंगे पुल बनाउन सुर कसे। आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठानेर। 
उनले आफ्नो सीप उपयोग गर्दै निर्माण सामग्री तयार पारे। जसमा लामो फलामे साङ्लो, छोटो तार र अन्य सामग्री थिए। त्यसमा गाउँलेले सहयोग गरे। पुलमा हिँड्न स–साना फल्याक राखियो। दायाँ–बायाँ बलियो गरी तारहरू बाँधियो। अनि झोलुंगे पुल तयार भयो। 

उनले सुर्खेतको रानीघाटमा पहिलो पुल बनाएको जानकार बताउँछन्। सुर्खेतकै उत्तरगंगास्थित भेरी नदीमा २०२० सालको सुरुवातमा करिब ४ सय ३५ फिट लामो झोलुंगे बनाए। सुर्खेतकै रामघाटमा पनि पुल बनाएको इतिहास फोटोग्राफर सुनील उलकले संकलन गरेका छन्। त्यसपछि दलवीरमा पुल बनाउने ‘पागलपन’ नै चढ्यो। चिंगाड खोलामा पनि पुल तयार भयो। ठाउँ–ठाउँमा पुल बनाउँदै गर्दा स्थानीयले साथ र हौसला दिन्थे। पुल तयार भएपछि नागरिकलाई धेरै आवत–जावत गर्न सहज भयो। यी साक्षत बश्वकर्म पनि आज अपमानित भएका छन। 

सम्मानित एक पात्र भगत सर्वजित बिश्वकर्म

बागलुङ जिल्लाको हाल बागलुङ नगरपालिका–७ र साविकको मुलपानी गाविसको गैरागाउँमा वि.सं. १९५० मा जन्मिएका सर्वजित विश्वकर्मा सानैदेखि विद्रोही स्वाभावका थिए । अन्याय अत्याचार सहनु पाप हो भन्ने ज्ञान भएका उनी धार्मिक क्रियाकलापमा रुची राख्थे किनकी उनका वरपरका ब्राम्हण समुदाय विभिन्न धार्मिक क्रियाकलाप गर्थे त्यो कार्य गर्न दलितलाई छुट थिएन ।
नेपालमा दलितलाई पढ्ने वातारण थिएन तर उनले बनारसमा पढ्ने अवसर पाए । सँस्कृतमा आचार्य उपाधी पाएपछि उनको नामको अगाडि भागवत प्राप्त व्यक्ति भनेर भगत पद्वी प्राप्त भयो, त्यसपछि उनलाई भगत सर्वजित भन्न लागिएको हो ।


उनले हिन्दु धर्म ग्रन्थको गहिरो अध्ययन गरे । वेद, उपनिषद, पुराण, मनुस्मृतिलगायतका ग्रन्थ पढे र सँस्कृतमा आचार्य गरेपछि नामका अगाडि भगत र थरको ठाउँमा बृन्चि लेखेका थिए ।
धर्म सँस्कृतीका विद्वता प्राप्त गरेपछि उनले धर्मिक ग्रन्थमा कहिँ पनि उचनिच छैन, धर्मका आधारमा कसैले पनि कसैलाई अपमानित गर्न मिलदैन भन्ने बहसमा उत्रने उनी नै पहिलो दलित नेता हुन् ।

उनीसँगै आन्दोलनमा होमिएका जिउँदो प्रमाणका रुपमा रहेका रामशरण विकका अनुसार, उनले आफ्ना छोराको न्वारन धार्मिक विधिअनुसार गरेका थिए । शँख घण्टा बजाएपछि उनलाई तत्कालिन शासकले सानो जात भएर ब्राम्हणको कर्म गरेको भन्दै पक्राउ गरिएको थियो । उनले आफूले पनि जनै धारण गर्न पाउनुपर्छ भन्दै जनै लगाएका थिए । जनै मन्तर्न आफैंले मन्त्र उच्चारण गर्दै जाँदासमेत उनलाई आक्रमण गरिएको थियो ।


उनले बागलुङको ओम प्रसादको चौतारीमा विभिन्न श्लोकसहितका पर्चा छापेर बाँड्दै आन्दोलनको सुरुवात गरेका थिए । ‘बटौलीको बजारमा लाह छ कि छैन, दहिको ठेकी सरोबारी थाहा छ कि छैन’जस्ता गद्यात्मक गीत लेखेर तत्कालिन अवस्थाको समाजमा सबै मान्छे एकै हो भन्ने सन्देशसमेत जोडदार रुपमा उठाएका थिए ।
उनले १९९७ सालमा सर्वजन संस्था स्थापना गरेर दलित मुक्ति आन्दोलनलाई एकीकृत रुपमा उठाएका थिए । दलित समुदायलाई आर्थिक रुपमा उन्मुक्ति दिन बालिघरे प्रथाका नाममा भएको श्रम शोषणको विरोध गरेका थिए । उनले बालिघरे होइन तत्कालै नगद पाउनुपर्छ भन्ने आवाज उठाउँदै सबैलाई सचेत बनाएका थिए । यो मागलाई पुरा गराउन उनले चर्चित कामी र सुनाकारको टुँडो भाँच्ने, दर्जीका कल बन्द गर्ने, सार्कीहरुको छालाका काम बन्द गर्ने र पेशा बहिस्कार गर्ने, हडतालका आन्दोलन गर्न लगाएका थिए ।


दलित समुदायलाई शिक्षामा अग्रसर बनाउनुपर्छ भन्ने उहाँमा चेत थियो । जसको फलस्वरुप भारतबाट शिक्षा आर्जन गरि फर्केका हिक्मतसिँह विश्वकर्मा र सहयोद्धा लक्ष्मीनारायण विक, मनविर विक र रामशरण विकको सहयोगमा गैरागाउँको भालुमारेमा विश्वकर्मा प्रावि विद्यालय स्थापना गरेका थिए ।

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ।

विश्वकर्मा जयन्ती कहिले मनाइन्छ ?

हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।

विश्वकर्मा भगवान को हुन ?

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए ।सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।

भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण  सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ ।

उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ । हरेक चाड-पर्वको आ-आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिक कारण हुन्छन् । वैज्ञानिक कारण हुन्छन् ।

आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?

विश्वकर्म कसलाइ भन्ने र किन?

बिश्वकर्म कुनै दैवरचित अबतार होइनान कुनै अजिवको विपुल तिलस्मी औलौकिक शक्ती होइन यही समाजको उत्तम मान्छेको पहिचान हो।यही धर्तीको प्राविधिक ज्ञान र सीपले निपुन मान्छे हो।मानसिक र शाररिक रुपले उत्तम सृजना गर्ने मान्छे हो।

पुरातनपन्थीहरुले जात धर्मको आडमा मानिसहरुलाइ टुला र सानामा बिभाजन गरेर राष्ट्रलाइ कोपभाजनमा पार्ने जस्ता कार्य गरिराखेका हुन्छन।

त्ससैको पछि लागेर कतिपय मानिसहरु हामी ब्रहका सन्तान कामी बिश्वकर्म भगवानका सन्तान भनेर अंह देखाउछन।त्यो त जंगबहादुर रानाका खलकले थरमा जवरा लेखेर  आत्मसन्तुष्टी लिए जस्तै हो।रुसी समाजबादी क्रान्तीका सर्वोच्च कमाण्डर जोसेफ स्टालिन जुत्ता सिलाउनेका छोरा थिए।तर सार्की वा हरिजनका छोरा थिएनान किनकी युरोपमा जुनसुकै जातका मानिसले जुत्ता सिलाउथे।

हिन्दु धर्ममा जस्तो बर्ण ब्यबस्थाले जात निर्धारण गर्ने र जात अनुसारको पेशा तोकेर अझ कष्टरकर पेशा गर्ने जात र समुदायलाइ छुवाछुत सम्मको ब्यबहार गर्ने संस्कार कुनै संसारमा छैन।जिवन जगत संग प्रत्यक्ष सम्बन्ध भएका समाज रुपान्तरणमा अमुल्य भुमिका खेलेका सबै ब्यक्ती बिश्वकर्म हुन।

चाल्सडार्विनले विकासबादी सिद्धान्त प्रतिपादन गरेर बिश्वलाइ मार्ग दर्शन गरे उनलाइ बिश्वकर्म मान्न सकिन्छ।राइट दाजुभाइ विल्वर र ओर्भिलले सर्व प्रथम विमान वनायर उडाए उनिहरुलाइ बिश्वकर्म मान्न सकिन्छ। भौतिकशास्त्री तथा महान बैज्ञानिक अल्वर्ट आइनस्टाइन भौतिक तथा ब्रह्रामाण्डबिज्ञका खोजकर्ता स्टेफन हकिङ जस्ता  बैज्ञानिकहरुलाइ नै बिश्वकर्म मान्न सकिन्छ।

र आफुमा निहित सम्पुर्ण श्रम सीप बर्कत खर्चेर आजीवन समाज सेवामा लागिरहने श्रमजीवी बर्ग सबै विश्वकर्म हुन।

यिनिहरुलाइ बिना भेदभाव  सम्मान गर्नु नै विश्वकर्म प्रति गरेको असली सम्मान हुन्छ तर मानव जातिभित्र जात ब्यबस्थामा जगडिएको समाजमा आज कर्म गर्ने बिश्वकर्म हैन कुकर्म गर्नेको बखान बढी नै हुदा  धर्मले उत्पन्न गरेको जात ब्यबस्थाका बिरुद्ध यसको महत्व बढी नैं बखान गरिएको छ।

त्यसैले बिभेद बिरुद्ध जुट्यौ जिउँदो मानवलाइ अपमान तर बिश्वकर्म नाम जप्नेलाइ खबदारी गरौ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता