सोती घटना उच्च अदालत सुर्खेतको फैसला बिरुद्ध सल्यान विरोध प्रदर्शन
सल्यान, १७ वैशाख
उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीको इजालसले बैशाख १६ गते फैसला सुनाउदै सोती घटनामा संलग्न व्यक्तिहरुलाइ जन्मकैद फैसला सदर तथा जातीय भेदभाव नभएको भन्ने प्रतिवादीहरुलाइ रुकुम पश्चिम जिल्ला अदालतले गरेको फैसला सफाइ बदर गरेको विषयमा दलित अधिकार कर्मीहरुले सल्यानमा विरोध प्रदर्शन गरेका छन।
उच्च अदालत सुर्खेतबाट मंगलबार भएको फैसलामा घटनाका २३ प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको भन्दै दलित अिधकार कर्मीहरुले सल्यान खलंगामा विरोध प्रदर्शन गरेका हुन ।

उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिए । ‘जातीय छुवाछुतबाट सबै प्रतिवादीलाई सफाइ र केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन बाँकी छ,’ थापाले भने ।
गत १९ मंसिर २०८० मा जिल्ला अदालत रुकुमपश्चिमका तत्कालिन जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सहित नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो ।

‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको फैसला उपर उच्च अदालतले बदर गरेको छ,’ उपरजिस्ट्रार थापाले भने । जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए ।
९ वैशाख ०८२ मा उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय मैनाली र भण्डारीको इजलासमा सुनुवाइ भएको हो । यसअघि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । गत १० जेठ २०७७ मा सोती गाउँका स्थानीयको आक्रमणबाट भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको ज्यान गएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा