ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सोती हत्याकाण्डः जन्मकैद सदर र जातीय विभेदको कसुर बदर गर्ने उच्च अदालतको आदेशः संघको प्रेस विज्ञप्ति

सोती हत्याकाण्डः जन्मकैद सदर र जातीय विभेदको कसुर बदर गर्ने उच्च अदालतको आदेशः संघको प्रेस विज्ञप्ति

बैशाख १६ सुर्खेत

दैलेखको सेते दमाई हत्याकाण्ड होस यात कालिकोटको मना सुनार हत्याकाण्ड छोराले गैरदलित समुदायको छोरी संग प्रेम सम्बन्ध कायम गर्दा मारिएका बुवा सेते दमाई हुन यात वडा सदस्य मना सुनार चुलो छोएकै निहुँमा मारिका यी घटनाले दलित समुदायलाइ न्याय नदिन सकेको न्याय प्रशासनको प्रतिविम्व सोती घटना बन्नु हाम्रो समुदाय माथि राज्यको राज्य आतंक भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै कर्णालीका दलित समुदायमा भएको राज्यको न्यायालयको  असमानताको पराकाष्ट प्रति संगठनको गम्भीर ध्याणाकर्षण गरेको छ।

विज्ञापन

२०७७ साल जेठ १० गते रुकुम पश्चिममा भएको सोती जातीय नरसंहार घटनामा अन्तर्जातीय प्रेम सम्बन्धका कारण नवराज विकसहित ६ युवाको सामूहिक हत्या भएको दिन देखि दलित अधिकार कर्मी मानवअधिकार कर्मी हरु सगै संगठनका पुर्व कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार केन्द्रिय उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा केन्द्रिय सदस्य मालती बिक सहितको राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश समितिले चरणबद्ध आन्दोलन गरेको यहाँहरुमा सर्व विविधै  छ प्रेस विज्ञप्तिमा  भनिएको छ नवराज विक सहित हत्या भएका २१ वर्षीय नवराज विकसँगै टीकाराम नेपाली, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको न्यायमा उच्च उदालत  सुर्खेतको आजको  फैसलाले सोती हत्याकाण्ड जातीय विभेदको तराजुमा जोखना गर्दै उच्च अदालत सुर्खेतले कर्णालीका दलित समुदायमा अपमान गरेको ठहर गर्दै न्यायालयको  असमानताको पराकाष्ट प्रति संगठनको गम्भीर ध्याणाकर्षण गरेको हो।

०८० मंसिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सहित नवराजकी प्रेमिका, उनकी आमा र दाइलाई जातीय छुवाछूतको अभियोगमा दुई वर्ष कैद सजायको फैसला भएको थियो भने आठ जना अभियुक्तले सफाइ पाएका थिए।जिल्ला अदालतको फैसलाविरुद्ध डम्बरबहादुर मल्लसहित २४ जनाले उच्च अदालतमा पुनरावेदन दायर गर्दा  मृतक नवराजका बुबा मुनलाल नेपालीले पनि दुईवटा पुनरावेदन निवेदन दिनुभएको थियो ।

२६ वटा पुनरावेदन निवेदनमाथि उच्च अदालत सुर्खेतमा ०८२ वैशाख ९ गतेबाट दुई दिनसम्म सुनुवाइ भयो।न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दा उच्च अदालत सुर्खेतले वैशाख १५ गते सोमबारका लागि मुद्दाको पेसी तोकेको भए पनि दुबै पक्षका वकिल र सरकारी वकिलहरूको वहस नसकिएकोले सोमबार पनि सुनुवाइ टुंगिएको थिएन।

आज बैशाख १६ गते उच्च अदालत सुर्खेतबाट भएको फैसलाले सोती जातीय नरसंहार हत्याकाण्डका २३ जना  प्रतिवादीहरुलाइ जन्मकैद सुरु सदर सफाइ पाउनेले सुरु सदर र जातीय छुवाछुतबाट सबै प्रतिवादीलाइ सफाइ फैसैला हुनुले कर्णालीका २९ प्रतिशत दलित समुदायमाथि राज्य आतंक भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

जातीय छुवाछुत जस्तो कानुनी रुपमा दण्डनीय र समाजिक रुपमा अपराध किटान गरेको फौजदारी घटना प्रति राज्यको न्यायालयले नेपालको संविधान २०७२ को धारा २४ धारा ४० धारा २५५ र जातीय छुवाछुत कसुर सजाय ऐन २०६८को शिर हरन गरेको र दलित समुदायको मौलिक हकमा धावा बोल्नुले दलित समुदायको पक्षमा राज्य नभएको ठहर गरेका छौ।

जातीय छुवाछुत जस्तो घटना प्रति राज्यको न्याय प्रसाशन यति सम्म निच हुनुले नवराजको हत्याहुने कारण पुष्टिमा गभ्मीर प्रश्न चिन्ह खडा भएको छ।जातको तगारो नै प्रमुख कारण हो भन्ने पुष्टि गर्न नसक्नु न्यायालयको जातीय नजिरिया मनको पराकाष्ट हो ।

अन्त्यमा नवराजको न्यायको निम्ति बहस तथा पैरवी गर्ने सम्पुर्ण न्याय मुर्तिहरुमा हार्दिक आधार सहित धन्यवाद ज्ञापन गर्दैछौ। उच्च अदालत सुर्खेतले गरेको सफाईका विरुद्ध दलित अधिकारकर्मी तथा संगठनका पुर्व अध्यक्ष खगेन्द्र सुनार केन्द्रिय उपाध्यक्ष टेकेन्द्र बिश्वकर्माको नेतृत्वमा भएको नवराज विक हत्याकाण्ड जातीय छुवाछुतकै कारणले भएको आन्दोलनमा संगठनको ऐक्यबद्धता जाहेर गर्दैछौ।

प्रदेशका १० वटै जिल्ला शाखाहरुलाइ नवराज विक हत्याकाण्डको विरुद्धमा गरिएको सफाईका विरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न हार्दिक अपिल  गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता