हुम्लामा दलितलाइ भोट खसाल्नबाट रोकियो
मंसिर १८ हुम्ला
मंसिर १६ गते सम्पन्न स्थानिय तह उप निर्वाचनमा हुम्लामा दलित लाइ भोट खसाल्न बाट रोकिएको छ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमजोति मा. वि मा भइरहेको निर्वाचनमा ९ जना दलितलाइ भोट खसाल्न बाट रोकिएको नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति हुम्लाले जारि गरेको प्रेश नोटमा उल्लेख गरिएको छ।
प्रेश नोटमा भनिएको छ निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा ९ जना दलितलाइ नेकपा एमालेका कार्यकर्ताहरुले रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन्चार्ज मदन परियारले बताउनु भयो।
उहाँले भन्नुभयो लोकतान्त्रिक मर्यादा पालकका रुपमा रहेका प्रहरी प्रशासन मौन हुनु तथा निर्वाचन प्रकृयामा नै एमाले पार्टीले अराजक गतिविधि गर्नुले उक्त पार्टी दलित मैत्री शासकका रुपमा रहेकाले यस्ता गतिविधि मार्फत दलित माथि गरिएको राजनितिक बिभेदका विरुद्ध सम्पुर्ण मुक्तिकामी दलित एक हुन अनुरोध सहित मोर्चाको गम्भिर ध्यानाकर्षण भएको इन्चार्ज परियारले बताउनु भयो।
जिल्लामा दलितको पक्षमा वकालत गर्ने तर लोकतान्त्रिक बिधि पद्धतिको शोरोपर गर्नु नपर्ने दलित समुदायलाइ दासको मानसिकताबाट हेर्ने दृष्टिकोण परिवर्तन नगरे आम दलित समुदायबाट चर्को मुल्य चुकाउन प्रेश विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ।
हुम्लामा दलितलाइ भोट खसाल्नबाट रोकिनुको कारण यस्तो छ
निर्वाचनको प्रचार प्रसारको समयमा प्राय राजनितिक दलको निशानामा हुने दलित समुदाय राजनैतिक दलको मारमा पर्ने गरेका छन।
यस्तै कर्णालीको हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदको उप निर्वाचनमा दलित समुदाय राजनैतिक दलको सिकार भएका हुन।
उप निर्वाचन २०८१ को निर्वाचन प्रचार प्रसार गर्न हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ मा एमाले नेता दल रावल सहितको समुहले दलित बस्तिमा बैठक आयोजना गरि सिंङ्गो दलितहरु एमाले हुनुपर्छ एमालेमा भोट हाल्न आग्रह गर्दै एमाले पार्टीमा प्रवेश गर्न जबरजस्ति गरे पछि एमाले पार्टीको चपेटामा ९ जना दलित समुदाय परेका छन।
गाउँघरमा सबै दाजु बहिनीहरुले सल्लाह गरेर अहिलेको चुनावमा एक सिट आएको छ सबै मिलेर भोट हाल्नु पर्छ भन्ने सल्लाह गरेका थियौ। गाउँको सल्लाह अनुसार भोट दिने तर कसैले करकाम गरेमा त्यस्ता दल तथा ब्यक्तिलाइ मतदान नगर्ने सल्लाह गरेको नेप्टि बिक बताउनु हुन्छ।
गाउँमा एमाले पार्टीको बैठक बसेको रहेछ हामी सबै आ आफ्नो काममा थियौ उहाँले भन्नुभयो बैठकमा सबैलाइ खव भयो हामी आएन्यौ तर फोन पनि भयो पछि आयौ एमाले पार्टीको बैठक रहेछ बैठकमा दलित समुदायलाई घर जग्गा दिने एमाले पार्टी हो तपाईहरु एमालेमा प्रवेश गर्नुभयो भने तपाईहरुको घर वास सुरक्षित हुन्छ नत्र हामी घरमा गल लगाउछौ भन्दै सन्तोषले जबरजस्ती पार्टी प्रवेश गर्न भनेपछि उक्त बैठकबाट निस्केको बताउनु हुन्छ नेप्टि।
केही समय पछि सबै दाजु भाइ दिदिबहिनीहरुले आउन आग्रह गर्नु भयो म पुनः बैठकमा उपस्थित हुँदा टिका लगाई दिन्छौ भन्दै दल रावल सहितको समुहले भनेपछि आफु क्रिश्चियन भएको टिका नलागउने भन्दा क्रिश्चियन देखे पछि रिस उठ्ने भन्दै टिका लगाउने धम्की दिए पछि दलित समुदायलाइ बोल्न सिकाउने माओवादी पार्टी हो दलितका हक अधिकार दिने पार्टी पनि माओवादी नै भएको बताउँदा जान्न भएकी रहेछ भनेर दल रावलले धम्की दिएको नेप्टिले बतानुभयो।
मंसिर १६ गते हिमज्योती मा बि सर्केघाट मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान प्रक्रिया सुरू भएको समयमा भोट हाल्न जाँदा पुन रावल सहितको समुहले भोट खसाल्न ठाउँबाट लछार पछार गरि भोट हाल्न नदिएको र म भोट हाल्न पाउनु पर्छ भन्दै गर्दा अव तेरो घरमा चलाउछौ यसका गाला फुटाइदेउ भने दल रावलले भन्नु हन्छ नेप्टि।
उप निर्वाचनको मतदान प्रक्रिया सम्पन्न हुँदा सम्म पनि मतदान गर्न नदिएको उल्टै प्रहरीले धर पकड गरि घर जान सुझाउनुले मताधिकारबाट बञ्चित दलित समुदायका ९ जनाले राज्यका प्रशासक प्रहरीको मिलोमतो भएको गुनासो गरेका छन।
मतदान प्रक्रियाबाट बञ्चित दलित समुदायका ९ जना ब्यक्तिहरु चाखुरी बिक जस बहादुर बिक कल्से बिक बिरमान कामी जयरुपा बिक नेप्टी बिक रहेका छन।
राजनैंतिक पुर्वाआग्रहका कारण दलित समुदायमाथी गत १६ गते सम्पन्न स्थानिय तह उपनिर्वाचनमा ९ जना दलितहरुले भोट खसाल्न नपाएको तथा दलित समुदायलाइ जातिय धार्मिक तथा राजनैतिक बिभेद गरेकोप्रति सिंङ्गो दलित समुदायलाई नै अपमानित गरेकाले नेपाल दलित मुक्तिमोर्चा हुम्ला जिल्ला समन्यव समितले घोर आपत्ती जनाएको छ।
राजनैतिक आस्थाका हिसावले भोट हाल्न नदिनु उल्टै दलित समुदायमाथि धाक धम्कि दिनुले दलित समुदायको मताधिकार सहित सिंङ्गो मानवअधिकारको ठाडो उल्घन भएको मोर्चाले ठहर गरेको छ।
उक्त घटनामा पत्रकारहरुलाइ समेत धाक धम्की दिनुले प्रेस स्वतन्त्रा प्रति बन्देज लगाउनु प्रेश अधिकार रक्षाको पक्षमा माओवादी पार्टी र दलित मुक्तिमोर्चा रहेको बताउदै दलित समुदायका ब्यक्तिहरु माओवादी केन्द्र समर्थक हुदाँ भोट खसाल्न बाट दल रावल सहितको समुहबाट बञ्चित हुँदा प्रहरी प्रशासन निर्वाचन मतदान अधिकृतले असहयोग गरेको प्रतिपनि ध्याकर्षण गरेको हुम्ला जिल्ला इन्चार्ज मदन परियाले बताउनु भयो
प्रेश नोट
#हुम्लामा दलितलाइ भोट खसाल्नबाट रोकियो
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा