सेवा निवृत्त पछि मानव सेवामा सक्रिय सल्यानी रुपेश बागचन्द

सेवा निवृत्त पछि मानव सेवामा सक्रिय सल्यानी रुपेश बागचन्द

असोज ७ सल्यान

सशस्त्र प्रहरीको अनिवार्य  सेवा निवृत्त हुनुभएको र  जागिरे जीवन पछि मानव सेवामा सक्रिय  रुपेश बाघचन्द  सल्यान जिल्ला शारदा नगरपालिका वडा नं ६ बरला निवासी हुनुहुन्छ।

विज्ञापन

मानव सेवा नै कर्म हो भन्ने सोचबाट प्रेरित बाघचन्द अहिले वैदेशिक रोजगारको शिलशिलामा  विदेशमा अलपत्र भइ दुख पाएका नेपाली  युवा तथा युवतीहरुलाइ स्वदेशमा फिर्ता गराउने कार्यमा सफल हुनुभएको छ।

विडम्बना नेपालीले स्वदेशमा भनेको जस्तो रोजगार नपाउनु, परिवारको खुसी, नाना छानाको लागि रोजगार खोज्दै प्रदेश जानू  पर्ने बाध्यता पुर्खा देखि नै चलेको बताउनु हुन्छ चन्द,तर रोजगार भनेपछि कालापहाड मात्रै हो भन्ने भाष्य अहिले फेरिय सगै  भारत सगै  साउदी, दुवै, कतार, मलेसिया, अन्य देशमा रोगारमा जाने नेपालीको पुरुष  संख्या बृद्धि  भए सगै अहिले महिला दिदिबहिनीहरु पनि वैदेशिक रोजगारमा जाने संख्या बृद्धि हुन थालेपछि भने जस्तो काम र तलब नपाउने  समस्यामा पुरुष भन्दा महिला संख्या बृद्धि भएको बताउनुभयो ।

यहि दुःखलाई नजिक बाट र समस्यालाई समाधान गर्ने एक सल्यानी युवाले अहिले साउदी, दुवै, कतार, कुवेतमा रोजगार पाउन नसकेका र कम्पनीले दुःख दिने र नेपाल फर्कन नसकेका  चार नेपाली युवतीलाई बाघचन्दको बिशेष पहलमा नेपाल फिर्ता गराउन सफल हुनुभएको छ।

उहाँ भन्नू हुन्छ गएको बर्ष यता चार युवतीको उद्धार गरिएको छ र अहिले चनमती माझीलाई  २०८१ साल भदो २० गते कुवेतबाट नेपाल फर्काउन सफल भएको उहाँले बताउनुभयो ।

३ महिना अघि रोजगारको लागि कुवेत  पुगेकी चनमती माझीले परिवारमा भएको  समस्या समाधान गर्ने  र नाना  छाना परिवर्तन गर्ने मनभरीको खुसी लिएर नेपालबाट २०८१ साल जेठ ३ गते हातमा पासपोर्ट समाउदै काखको बालकलाई बुवाको हातमा थमाउदै  कुवेत पुगेको बताउँछिन् ।

भाषा सम्बन्धि ज्ञान नभएकोले केही समस्या भयो हिन्दी भाषा जानेकोले केही सहज त भयो तर भनेको जस्तो काम र कम्पनी नभए पछि  ३ महिनामा ३ वटा कम्पनी परिवर्तन भए सगै  मानसिक यातनाले थकित भएको  बताउँछिन् माझी।

परिवारको समस्या, नाना छाना फेर्न ३ महिना अघि कुवेत पुगेपछि थप दुःख पाएको कुरा रुपेश बागचन्द संग चनमतिले दुखेसो गरे लगतै  चनमति स्वदेश फिर्ता हुन सफल भएकी छिन। बारा जिल्ला निजगढ नगरपालिका वडा नं ४ कि चनमति माझी सगै करिव १ बर्षको  समयावधिमा बागचन्दले वैदेशिक रोजगारको क्रममा  विदेशमा  अलपत्रपरेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु  गरि करिव १० जनाको कानुनी रुपमा पहल गरि नेपाल फर्काउन सफल भएको बताउनु भएको छ।

मानवसेवामा नै बाँकी जीवन समर्पण गर्ने उदेश्य रहेको बागचन्दले ईप्रतिविम्बलाई जानकारी दिनुभयो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता