राजनिति सगै मोरङ्गा खेती व्यवसायमा लागेकी पुर्व जनमुक्ती सेना गिता खड्का (वीरता)
असार १७ सुर्खेत
कर्णाली प्रदेश सामाजिक तथा आर्थिक उत्पीडनको केन्द्र खस राज्य हुदै राजतन्त्र सम्म आउदा नुनको खोजीमा सहर झर्दा कैयन उत्पीडितहरु घर फर्कन आशमा घर फर्कन नपाएका कथा जस्ता मानवीय कष्टकरको यात्रा हामी सगै अहिले पनि ताजै छन।
मौनताले धैर्यताको पर्खाल भत्काउदा हजार चितकार तथा रोदन कर्णालीको लागि दैनिकी जस्तै थिए।
कर्णाली साँस्कृतिक तथा कृषि उपजको हिसावले भर्जिन क्षेत्रको रुपमा परिचित हुदा यहाँ मान्छे मान्छेमा भेदभाव तथा असमानता हुँदा मानविय बिचारको एकता नहुन सक्यो नत सामाजिक एकता आर्थिक रुपमा सवल मान्छेहरु सहरमा जाने र पढ्ने लेख्ने र अध्ययन गरे राजनिति र सहर बुझे तर आर्थिक तथा जातिय भेदभावको चुङ्गलमा रहेका नागरिकहरु साहु महाजनको गोठाले जानुको कुनै विकल्प नभएको बताउनु हुन्छ वीरता।
सामाजिक उत्पीडनको जंञ्जीर भत्काउन सत्यमार्ग नै जनयुद्धको बाटो भएको ठहर गर्दै क्रान्तीमा लाग्नुको कुनै विकल्प नभएको वीरता बताउनु हुन्छ।
छोरी मान्छे संघर्षरत जीवन कीनकी छाउगोठमा असुरक्षित छोरी को कर्णालीमा भएको व्यथा हामी सबैको साझा समस्या बन्न सकेन की छोरीलाइ उत्पीडन गर्ने साँस्कृतिक जडको रुपमा रहेको घेरा भत्काउन जनयुद्धमा लाग्न तयार भएको सुनाउनु हुन्छ वीरता।
साविकको दैलेख जिल्ला छिउडिपुसाकोट गा बि स वडा नं ५ हाल दुल्लु नगरपालिका वडा न ६ जन्मनु भएकी वीरतालाइ कर्णाली पीडाले सधै जसो छुने गरेको र त्यसको मुक्तीको लागि जनयुद्धमा १४ बर्ष देखि बन्दुक बोक्ने साहस र हिम्मत गरेकी वीरता समग्र छोरीलाइ सामाजिक न्याय मार्फत सामाजिकीकरण गर्न लागेको बताउनु हुन्छ।
१० कक्षामा अध्ययन गर्ने समयमा बन्दुक बोक्ने हिम्मतले महिला मुक्तिको पृति सत्ताले कायम राखेको एकद्धार प्रणाली भत्काउनु मुल उदेश्य सगै जनयुद्धको यात्रामा रहँदा वीरता २०६० सालमा भूमिगत हुदै पुर्णकालिन राजनितिमा सहभागी हुनु भएको सुनाउनु हुन्छ।
१४ बर्षको उमेरमा भूमिगत राजनिति रातभरको यात्रा तर मुक्ती मार्गमा पुग्न गरेका संकल्पको सपना भित्र हजार छोरीहरु असुरक्षित हुन्छन भन्ने ठानेको थिए तर जनयुद्धको फलामे अनुशासनले हामी छोरीले सहजरुपमा मातृत्व पाएको बताउनु हुन्छ वीरता।
दैलेखको विद्यार्थी संगठन हुदै अनेमा संघ क्रान्तीकारी हुदै १४ बर्ष सम्म हुम्ला जिल्लामा कार्यक्षेत्र रहेको र २०६३ सालमा हुम्ला जिल्लामै बिवाह गरेकी वीरताले सैन्यमोर्चामा काम गर्नुभएको छ।
राज्यपक्षले माओवादीलाइ आतंककारी विल्ला लगाउदै बिभिन्न अप्रेशन तथा कार्वाहीले माओवादी पार्टी झन मजवुत भएको र जनयुद्ध एक उत्कर्षमा पुगेको बताउनु हुन्छ।
शान्ती प्रक्रिया पछि जनयुद्धको बाटो भुलेर पार्टी क्रान्तीमा लागेका कैयन साथीहरु अहिले अभावमा छन प्रतिक्रियावादीहरु यसलाइ मसला बनाएर खालीपेट सेकेका छन तर वर्गीय मुक्तीमा लागेका महिला कामरेडहरु हिम्मतका साथ पार्टीको निति तथा विधिमा रहेको बताउनु हुन्छ।
अहिले माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य पुर्व अनेमा संघ क्रान्तीकारी केन्द्रिय सदस्य तथा हाल माओवादी केन्द्र कर्णाली प्रदेश समिति प्रकाशन विभाग सदस्य समेत रहेकी गीता खड्का वीरताले अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ वाङ्गेसिमलमा मोरङ्गा खेतीको सुरुवात गर्नु भएको छ।
नेपालको पुर्वी क्षेत्रमा ब्यबसाय रुपमा खेती गर्दै आएको मोरङ्गा खेती ब्यबसायमा सुर्खेतमा पहिलो पटक सुरुवात गरेको वीरता बताउनु हुन्छ।
अहिले पाँच रोपनी जग्गामा खेती गरेको छु गिता बताउनुहुन्छ जनयुद्धबाट फर्केका धेरै साथीहरु अहिले मरभूमिमा भौतारिनु भएको बताउदै केही गर्ने सोच भए नेपालमै केही गर्न सकिने बताउनु भयो
यो नयाँ खेती हो फिलल्यान्ड र युरोप देशका कुपोषित बालबालिकाहरुले पोषणको रुपमा खाने गरेको र अहिले नेपालको पुर्वी क्षेत्रमा मोरङ्गा खेती व्यवसायको रुपमा विकास गरि सकेको र कर्णाली प्रदेशमा भरखर मात्रै जानकारी आएको जानकारी दिनु भयो।
मोरङ्गाको पात तथा डाँठ र जराहरु पनि बिक्ने गरेको बताउदै यसको खेती विस्तारमा प्रदेश सरकारका कृषि मन्त्री भिम प्रकाश शर्मालले मोरङ्गा व्यवसाय र किसान संग पहिलो पटक मन्त्रालयमा छलफल सुरु गरेकाले अहिले प्रदेश सरकारले मोरङ्गा खेती सम्बन्धी निति निर्माण गर्ने विश्वास व्यक्त गर्नु भयो।
पहिलो पटक मोरङ्गा खेती सुरु गरेकोले आम्दानी लिन नसकेको पनि बजारको राम्रो सम्भावना भएको र बजार अभाव नभएको बताउनु भयो।
किसानले मोरङ्गा खेती गर्न चाहे बजार शुनिश्चित गर्न आफु लागि परेको बताउनु भयो। सुख्या जमिन तथा पोगो मोटोमा हुने यो खेती ब्यबसायय पहाडी क्षेत्रमा भिमल डाले घाँस हुने क्षेत्रमा यसको खेती विस्तार गर्न सकिने सुझाउनु भयो।
प्राविधिक ज्ञानको लागि औपचारिक शिक्षा नलिनुभएको वीरताले अहिले जग्गा भाडामा लिएर हराभरा कृषि नर्सरी बनाउनु भएको छ।
गीता खड्का वीरताको नर्सरीमा अहिले ५ हजार कफी को विरुवा मोरङ्गा पिके वान र ओडिसी गरि करिव ५ हजार मसला ३ हजार जेतपात निम कुरिल्लो गरि नर्सरीमा करिव २५ हजार विरुवा रहेको बताउनु भयो।
प्रति विरुवा रु ५० सम्म दिन सक्ने बताउनु भएको गीता खडका वीरताले हाल सम्म प्रदेश सरकारबाट अनुदान नपाएको बरु किसानलाइ सहयोग गरेको बताउनु भयो।
जनयुद्धबाट फर्केका पुर्व जनमुक्ति सेनाहरुलाइ राज्यबाट लानागी मैत्री वातावरण तयार पारे कृषिमा आत्मनिर्भर कर्णाली प्रदेश हुने थियो की ।
#राजनिति सगै मोरङ्गा खेती व्यवसायमा लागेकी पुर्व जनमुक्ती सेना गिता खड्का (वीरता)सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा