धारा २४ र ४० काे पुर्ण कार्यान्वयनका लागि कालिकाेटमा दलित अधिकारकर्मीकाे भेला

धारा २४ र ४० काे पुर्ण कार्यान्वयनका लागि कालिकाेटमा दलित अधिकारकर्मीकाे भेला

माघ ७ कालिकाेट

नेपालकाे संविधान धारा २४ र ४० काे पुर्ण कार्यान्वयन नभएकाे भन्दै कालिकाेटमा दबाब सृजना गर्न दलित अधिकार कर्मीकाे भेला सम्पन्न भएकाे छ।

विज्ञापन

गत मंसिर ४ गते सम्पन्न निर्वाचनकाे नतिजा र सरकार गठनमा  दलित समुदायकाे सहभागिता सुन्य प्रतिशत भएकाे र संविधानले उल्लेख गरेका दलित हक र अधिकारमा सरकार दलित मैत्री नभएकाे भन्दै दबाब सृजना गर्न दलित सञ्जाल कालिकाेट मा भेला  आयाेजना  गरिएकाे  बताइएकाे छ।

दलित अधिकार कर्मी  रमेश नेपालीकाे संयाेजकमा १सय २८ सदस्यीय आयाेजक समिती गठन गरिएकाे छ।

उही माघ १२ गते दलित सञ्जाल कालिकाेटककाे प्रथम  जिल्ला भेला आयाेजना  गर्ने संयाेजक नेपालीले जानकारी दिएका छन।

कर्णालीमा भएकाे जातीय उत्पीडन सामाजिक तथा राजनैतिक उत्पीडनका विरुद्ध खबरदारी  गर्ने उदेश्यले  सञ्जालकाे नाम पैरवी सञ्जाल हुने बताइएकाे छ।

भेलामा दलित अधिकार कर्मी बाले विश्वकर्मा रमेश नेपाली  दान बहादुर विश्वकर्मा  वीर तिरुवा गाेविन्द विश्वकर्म  रमेश सुनार  हस्त विश्वकर्म सी  कर्ण कुमाल परेक नेपाली हस्त सुनार  अंक बिक  र लाल बहादुर बिककाे उपस्थिती रहेकाे थियाे।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता