२० बर्ष लामाे समय लाग्याे  दरद लिपिको दमाई मातृभाषा पाउन

२० बर्ष लामाे समय लाग्याे दरद लिपिको दमाई मातृभाषा पाउन

मंसिर २४ सल्यान

आज भन्दा करिब २० वर्षअघिकाे कुरा हाे । चक्रमान विश्वकर्माले सुचना दिए अनुसार TU का प्राध्यापक डा. राजाराम सुवेदीसँग रहेछ । प्राध्यापक निवास खाेज्दै पुगेँ । म बिहानै पुगेँ, उहाँ खाँटी पण्डित भएकोले झन्डै ४५ मिनेट जति पूजापाठ, शंङ्ख फुक्ने, घण्टी बजाउँदासम्म कुरे । मलाई उहाँको अध्ययन काेठामा बाेलाए, मैले दमाई मातृभाषाकाे लिपि तपाईंसँग रहेको सुचना पाएँ । मलाई अध्ययनकाे लागि दिनुस भनेँ ।
उहाँले अछामबाट एक दमाईसँग छायाँकपी उतारेर ल्याउनु भएको रहेछ । निकै ठुलो झन्डै भित्तेपात्राे जत्रै ! गाेलाे गाेलाे बेरेर राख्नु भएको रहेछ ! मनमनै असाध्यै खुशी लाग्यो । तर, मेरो खुशी एकैछिनमा दुखमा परिणत भयाे । उहाँले मलाई फाेटाेकपी दिन त परै जाओस, मेरो आफ्नै हातले समाएर हेर्न समेत दिनुभएन !
एकमिटर जति परैबाट मेरो पुर्खाकाे मातृभाषाका लिपिकाे साक्षात्कार र दर्शन गरेँ । सुवेदीले भन्नुभयो बाबू याे त सय वर्षपछि काम लाग्छ, म तपाईंलाई दिन सक्दिन ! मलाई त्याे क्षण मरेकै दिन जस्तो भयाे । जसकाे विहे, उसैले हेर्न नपाउनु भने जस्तै भयाे । हुनसक्छ, सुवेदीले पनि उनका पुर्खाले ज्ञान, शिक्षा र चेतनालाई पेवा ठानेकै विरासतकाे निरन्तरता दिएका हुन् ।
मनमनै भनेँ एकदिन म आफ्नाे मातृभाषाकाे जरैसम्म पुगेर खाेज, अनुसन्धान गरेरै छाेड्ने छु । त्यही दिनकाे लक्ष्य आज पूरा भएको छ । आज छापिएको लेखमा धेरैजसाे भाषा उत्पतिका पृष्ठभूमि छन् । दमाई भाषाकाे बारेमा प्रकाशाेन्मुख पुस्तकमा छापिँदैछ ।
तर, लेखमा छापिएको लिपि भने दमाई मातृभाषाकै हाे । मेरो व्यक्तिगत, पारिवारिक सुखभाेगलाई थन्क्याएर सामुदायिक संस्कृति, इतिहास, पहिचानको खाेजी र दुख पाउने काममा लागेर पनि यस्ता खरानी पारिएको तथ्य प्रमाण पाउनु नै मेरा लागि रुपैयाँ, पैसामा तुलना गर्न नमिल्ने सम्पाति हुन् ।
भारतको पश्चिमोत्तर प्रान्तमा मात्र एक अशोक स्तम्भ यही लिपिको पाइएको छ। यसको भाषा ‘दरद’ हो भनिएको छ। यो खस वा नेपालीको प्राचीन कालको रूप हो भन्ने अनुमान गरेका छन्। यसरी अनुमानको भरमा अँध्यारोमा झटारो हान्ने काम भएको देखिन्छ। खरोष्ठी वा खस लिपिभन्दा दरद लिपिको अस्तित्व बिलकुलै पृथक् र भिन्न रहेको छ। खरोष्ठी वा खस लिपि खस ब्राह्मणको हो भने दरद लिपि दमाईं जातिको हो। बौद्ध ग्रन्थको ललितविस्तार ग्रन्थमा समेत ६४ लिपिभित्र दरद लिपिको स्पष्ट रूपमा उल्लेख भएको पाइन्छ। १७५८ सालमा अछामका भीम शाही र पितृ शाहीले ताम्रपत्रमा समेत खस लिपि र दरद लिपिको प्रयोग गरेका छन्।
दमाईं पुर्खाहरूले प्राचीन समयमा दरद लिपिको विकाससँगै कलौती मातृभाषाको विकास गरेको पाइन्छ। उनीहरूले यस भाषाको कथ्य, लेख्य, वाच्य परम्परका साथै भाषाको प्राचीन हस्तलिखित ग्रन्थ अभिलेखसमेत आजसम्म सुरक्षित राखेका छन्। तसर्थ अशोक स्तम्भको दरद लिपि हुन सक्छ किनकि तथागत बुद्धले भाषा अध्ययन गर्न जाँदा कपिलवस्तु महानगरमा ६४ लिपिभित्र दरद लिपिको उल्लेख गरिएको पाइन्छ। खस वा नेपालीको प्राचीन रूप हुन सक्ने भनेर अनुमान गर्नु तथ्यपरक र वस्तुगत आधार प्रमाणित हुनै सक्दैन। दरद लिपिको आफ्नै छुट्टै स्वतन्त्र अस्तित्व रहेको बिर्सन मिल्दैन।
साभार डिबी नेपालीकाे  फेस बुक वालबाट 

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता