गुलेली र नाला पानी
-
ई-प्रतिविम्ब
- २०७९ मंसिर २४
- 875 views
मंसिर २४ पुर्वी रुकुम उपेन्द्र लाल कामी
बिरासत जोगाउदै इतिहासको
वीर बलभद्रका सन्ततीहरु
छिमेकीले मिच्दै आएको
बिस्तारवादले थिच्दै आएको
मातृ भूमिको सीमा रक्षा गर्न
नाला पानी लडाइँको झल्को दिने गरि
सुस्ता, लिपुलेक, कालापानीकी चेली
सिमाना रक्षाको खातिर उठाइन् गुलेली !
पुर्व, पश्चिम र दक्षिणबाट
अजिङ्गरले घेरे झै न्याउरी मुसोलाई
अआधुनिक अस्त्रको वस्त्र पहिरिएर
सुसज्जित भएको दुष्ट छिमेकीलाई
चुनौती दिंदा गुलेली र लट्याङ्ग्राले
लात्ती हाने झैं भएपनि फटयांग्राले
देशभक्तिको भाव सबल छ ।
राष्ट्रियतालाई जोड्दै मेची- महाकाली
संघर्षको प्रतीक हो उठाएको गुलेली !
केठाकेटी आएर गुलेली खेलाए झैं
मट्याङ्ग्रोको सत्यानाश नहोस् !
हरेक स्वाभिमानी नेपालीलाई
केही गर्नसक्ने आत्मविश्वास होस् !
परास्त गर्न सकियोस् दुष्टको बर्बरता
अन्त्य गर्न सकियोस् सिमा पारिको निर्भरता
हामी भित्रकै राष्ट्रघातीहरू चिनौं !
देश द्रोहीको खुकुरीले गर्धन छिनौं !
बाँझो जमिनलाई हराभरा बनाउन
विकासका पूर्वाधारले धर्ती सजाउन
स्वदेशमै श्रम-पसिना पोख्नु छ ।
विज्ञान र प्रविधिको प्रयोग गरि
समृद्धिको सुन्दर बिरुवा रोप्नु छ ।
शान्ति र समृद्धिमै अब जुटौं नेपाली
आत्म रक्षाको प्रतीक हो हाम्रो गुलेली !
उपेन्द्र लाल कामी रुकुमकोट रुकुम (पुर्व) २०७९/०८/२४ गते
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२














लेखकको सम्वन्धमा